मापदण्डविपरीत क्यासिनो

मापदण्डविपरीत क्यासिनो

भैरहवा : पर्यटन विभागले माघ २६ गते ह्याप्पी आवर प्रालिलाई नेपालगन्जस्थित ड्रिमल्यान्ड होटल र त्यहाँ सञ्चालित क्यासिनो बन्द गर्न पत्राचार गर्‍यो।  लुम्बिनीको पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयलाई बोधार्थ गर्दै उक्त होटल त्यस मन्त्रालयअन्तर्गत दर्ता भएको भए सोको दर्ता खारेज गर्न अनुरोध गर्‍यो। क्यासिनोले सरकारलाई तिर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुरलगायत ३८ करोड १० लाख ४५ हजार ६ सय रुपैयाँ नबुझाएको व्यहोरापत्रमा थियो। 

चार वा पाँचतारे होटलमा मात्रै क्यासिनो सञ्चालन गर्न पाइने प्रावधान छ। तर, ड्रिमल्यान्ड होटलको स्तर वर्गीकरण नै नभएको बताइएको थियो। तर, भैरहवामा सोही कम्पनीद्वारा सञ्चालित क्यासिनो भने निर्वाध चलिरहेको छ। ह्याप्पी आवरले भैरहवामा ह्याप्पी आवर ग्याम्लिङ क्लब (मिनी क्यासिनो) २४ कोठा भएको होटल लाकौलमा चलाइरहेको छ। यो कुनै चार वा पाँचतारे होटल होइन। कानुनतः यस होटलमा क्यासिनो सञ्चालन गर्न पाइँदैन। विभागले एउटा बन्द गराएर ह्याप्पी आवरको अन्य स्थानको क्यासिनो चलाउन दिनुले चलखेल  हुनसक्ने क्यासिनो क्षेत्रका जानकारहरू बताउँछन्। ह्याप्पी आवर क्यासिनोको विषयमा आफूलाई जानकारी नभएको पर्यटन विभागका डीजी तारानाथ अधिकारीको भनाइ छ। ‘यो विषयमा मन्त्रालयमा बुझ्नुहोला,’ उनले भने। 

बुझाउन बाँकी रोयल्टी तत्काल बुझाउने ह्याप्पी आवरको भैरहवास्थित क्यासिनोका महाप्रबन्धक खिलबहादुर खनालले बताए। उनले होटल लाकौलमा कानुनतः क्यासिनो सञ्चालन गर्न नमिल्ने स्वीकार गरे।ह्याप्पी आवरको नेपालगन्ज क्यासिनो बन्द गर्ने पर्यटन मन्त्रालयले  सोही प्रालिअन्र्तगत महेन्द्रनगरको होटल डायमन्ड प्यालेस र काँकडभिट्टाको होटल ढाकामा सञ्चालित क्यासिनो पनि बन्द गरेको छैन। एउटा कम्पनीले एउटा क्यासिनो मात्र सञ्चालन गर्नुपर्ने प्रावधान छ। ह्याप्पीले प्रावधान लत्याउँदै चार स्थानमा क्यासिनो सञ्चालन गर्दै आएको छ।  रक इन्टरनेसनल प्रालि र सेन्ट्रल मिडिया ग्रुप (सीएमजी) ले पनि अवैध रूपमा चार÷चार स्थानमा क्यासिनो सञ्चालन गर्दै आएका छन्। यी क्यासिनोले पनि राजस्व बुझाएका छैनन्। 

२०६७ मा दर्ता भएको ह्याप्पी आवर सुरेन्द्रबहादुर सिंह, शारदादेवी सिंह र करुणा सिंह मल्लको नाममा छ। २०६६ सालमा दर्ता भएको रक इन्टरनेसनलले धनगढीको होटल साथी, वीरगन्जको होटल सुरज, भैरहवाको होटल बोधी रेडसन र काँकडभिट्टाको होटल रियाजमा क्यासिनो सञ्चालन गर्दै आएको छ। 

यो क्यासिनो किशोर सिलवाल र उषा सिलवाल दम्पतीको हो। सीएमजीले महेन्द्रनगरको होटल ओपेरा, रूपन्देहीको होटल ड्रिमल्यान्ड, वीरगन्जको होटल भिसुवा र विराटनगरको होटल रत्नमा क्यासिनो सञ्चालन गरेको छ। यो क्यासिनो पूर्वसांसद नरेन्द्र शाह कलवारको हो।  रूपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी कमल पाण्डेले मापदण्डविपरीतका क्यासिनो बन्द हुने बताए। उनले भने, ‘मापदण्डविपरीत सञ्चालनमा रहेको पाइए बन्द गर्छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.