अमेरिकाद्वारा युक्रेनलाई एक अर्ब डलर सहयोग गर्ने घोषणा

अमेरिकाद्वारा युक्रेनलाई एक अर्ब डलर सहयोग गर्ने घोषणा

वासिङटन डिसी : अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेनलाई अमेरिकाले १ अर्ब डलर आर्थिक सहायता दिने बताएका छन्।

'हामी युक्रेनका लागि बलियो अन्तर्राष्ट्रिय समर्थन निर्माण गर्न सहयोगीहरूसँग काम गरिरहेका छौं', संयुक्त राज्यले युक्रेनमा प्रमुख सुधारहरूलाई समर्थन गर्न १ बिलियन ऋण उपलब्ध गराएको छ', ब्लिन्केनले भने, 'यसले युक्रेनलाई समृद्ध बनाउन मद्दत गर्नेछ।'

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनमा रुसी सैन्य कारबाहीको चेतावनी दिए पनि युक्रेन संकटको कूटनीतिक समाधानका लागि सबै आशाहरू अझै समाप्त नभएको बताएका थिए।

 दुबै नेताबीच टेलिफोन वार्तामा यस विषयमा सहमति भएको थियो।  रुसले युक्रेनी सीमामा एक लाख सेना तैनाथ गरेको छ, तर उसले कुनै पनि आक्रमण नगर्ने बताउँदै छ।

करिब एक दर्जन देशले आफ्ना नागरिकलाई युक्रेन तुरुन्तै छोड्न आग्रह गरेका छन्। यसैबीच अमेरिकाले युक्रेनमा कुनै पनि बेला हवाई आक्रमण सुरु गर्न सक्ने बताएको छ। अमेरिकाले आफ्ना सबै नागरिकलाई युक्रेन छोड्न सल्लाह दिएको छ। बीबीसीबाट


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.