भारतीय गायक तथा संगीतकार बप्पी लहरीको निधन

भारतीय गायक तथा संगीतकार बप्पी लहरीको निधन

मुम्बइ : बलिउडका चर्चित संगीतकार तथा गायक बप्पी लहरीको निधन भएको छ। उनको ६९ वर्षको उमेरमा मुम्बइस्थित क्रिटी केयर अस्पतालमा मंगलबार राती निधन भएको भारतीय मिडियाले जनाएका छन्। बप्पी लहरीको जन्म २७ नोभेम्बर सन् १९५२ मा पश्चिम बंगालको सहर जलपाइगुडीमा भएको थियो ।

उनी लामो समयदेखि छातीमा इन्फेक्सनबाट पीडित थिए। डा.दीपक नामजोशीले उनको उपचार गरिरहेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई करिब १ महिनादेखि सो अस्पतालमा भर्ना गरिएको थियो।

उनको मृत्युको एकदिन अघि फेब्रुअरी १५ मा निको भएर अस्पतालबाट डिस्चार्ज गरिएको थियो। तर अस्पतालबाट डिस्चार्ज भएको एक दिनपछि बप्पी दाको स्वास्थ्य फेरि बिग्रियो। गम्भीर अवस्थामा उनलाई पुनः क्रिटिकेयर अस्पतालमा ल्याइएको थियो। अस्पतालमा राति करिब ११ : ४५ बजे उनले अन्तिम श्वास लिए । बप्पी दाको बिहीबार अन्तिम संस्कार गरिने भएको छ । 

गत वर्ष गायक कोरोनाबाट संक्रमित भएका थिए।त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। उनलाई ब्रीच क्यान्डी अस्पतालमा चिकित्सकको निगरानीमा राखिएको थियो।  बप्पी दाको वास्तविक नाम आलोकेश लाहिरी हो। उनले ७०-८० को दशकमा बलिउडमा एकसे एक प्रतिष्ठित गीतहरु दिएका छन्। मिथुन चक्रवर्तीको गीत आइ एम ए डिस्को डान्सर भन्ने गीत अहिले पनि उत्तिकै चर्चित छ।  बप्पी दाको स्वरले यो गीत घर-घरमा लोकप्रिय बनाएको थियो।

उनको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले श्रद्धाञ्जली दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.