एनआरएनएको निर्वाचन मार्च २१ र २२ मा

एनआरएनएको निर्वाचन मार्च २१ र २२ मा

काठमाडौं : विवादको भूमरीमा रोमलिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ।  तर अझै निर्वाचन हुने-नहुने अन्योल छ।  

विवाद समाधान गर्न गठित उच्चस्चरीय समितिले ठोस काम गर्न नसकेपछि कार्यसमितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। समितिले म्यान्डेट विपरित राष्ट्रिय समन्वय समिति खारेज गर्न थालेपछि विवादले नयाँ रुप लिएको छ। पूर्व अध्यक्षहरु सम्मिलित समितिले विवाद मिलाउन सकेको छैन।  उसले प्रतिवेदन पनि दिन सकेको छैन।  

समतिले विभिन्न बाहाना बनाएर समय घर्काउन लागेपछि अध्यक्ष कुमार पन्तले केही दिनअघि ३ हजार ६ सय १४ जनाको मतदाता सूची निर्वाचन समितिलाई बुझाएका थिए।  निर्वाचन समितिले मार्च २१ र २२ को मिति तय गरेको छ।  

संघको नेतृत्वको लागि वर्तमान उपाध्यक्षद्धय डा. बद्री केसी, रविना थापा र सल्लाहकार कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्। प्रतिनिधि विवादका कारण लामो समयदेखि निर्वाचन हुन सकेको छैन।  

संघका प्रवक्ता डिबी श्रेत्रीले तोकिएको समयमा निर्वाचन हुने बताए। उनले निर्वाचनको वातावरण बनाउन सबै उम्मेदवारहरुलाई आग्रह गरे।  ‘अब निर्वाचनबाट भाग्न कसैलाई छुट छैन’ उनले भने,‘निर्वाचनमा सबैले भाग लियौं।’

‘आउनुहोस् चुनाब गरौं, अग्रजहरूले हामीलाई मागेको जती मात्र सहयोग दिनुहोस, कार्यकारीको काम गर्ने कोशिस नगरीदिनुहोस्’ उनले सामाजिक सञ्जालमा लेखेका छन्।  ‘तपाईं ३ जना उममेदवारले जस्ले जित्छ, लीड गर्नुहोला हामी जित्नेसँग मिलेर काम गर्ने छौं तर अब संस्थालाई नगिजोलौं’, उनले लेखेका छन्, ‘एनआरएनएलाई खेल मैदान नबनाउँ यो साझा चौतारी हो। ’

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत भीमसेन बन्जराले निर्वाचन तालिका सार्वजनिक गरेका हुन्। नयाँ निर्वाचन तालिका अनुसार फागुन २० (मार्च ४) गते मनोनयन दर्ता भई मार्च २२ मा निर्वाचन सकिने जनाइएको छ।  

फेबु्रअरी १७ देखि २२ सम्म महाधिवेशन प्रारम्भीक प्रतिनिधिको नामावली प्रकाशन हुने छ।  फेब्रुअरी २३ मा मतदाता नामावली प्रकाशन, फेब्रुअरी २४ देखि २७ सम्म मतदाता नामावलीमाथि दाबी विरोध, आगामी मार्च २ मा दाबी विरोधमाथि निर्णय, मार्च ३ मा अन्तिम नामावली प्रकाशन हुनेछ। 

मार्च ४ र ५ मा उम्मेदवारको मनोनयन पत्र दर्ता, मार्च ६ मा उम्मेदवारको पहिलो नामावली प्रकाशन, मार्च ६ देखि ७ सम्म उम्मेदवारको उम्मेदवारीविरुद्ध दाबी विरोध, मार्च ८ मा उम्मेदवारको मनोनयपत्रको जाँच र उजुरीमाथि निर्णय र मार्च ९ मा उम्मेदवारको दोस्रो नामावली प्रकाशन हुने छ।  

मार्च ११ मा मनोनय फिर्ता, मार्च १२ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ।  मार्च २१ तारिख बिहान १० बजेदेखि २२ तारिख बिहान १० बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ।  मतदान सम्पन्न भएलगत्तै मतगणना हुने छ।  

संघको अध्यक्षमा मनोनयन पत्र दर्ता दस्तुर १० लाख  रुपैयाँ तोकिएको छ। उपाध्यक्षले ७ लाख, महासचिवले ६ लाख, सचिव र कोषध्यक्षले ५/५ लाख रुपैयाँ उम्मेदवार शुल्क बुझाउनुपर्ने छ। अध्यक्ष, चार उपाध्यक्ष, एक महिला उपाध्यक्ष, एक युवा उपाध्यक्ष, एक महासचिव, एक सचिव, तीन महिला सचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष र एक महिला सहकोषाध्यक्ष गरी विभिन्न ५३ पदका लागि निर्वाचन हुनेछ।  

अन्तर्राष्ट्रिय समन्वय परिषद्मा एक महिला संयोजक, एक युवा संयोजक, ६ क्षेत्रीय संयोजक, ६ क्षेत्रीय उपसंयोजक, ६ क्षेत्रीय महिला संयोजक, ६ क्षेत्रीय महिला उपसंयोजक र ६ क्षेत्रीय युवा उपसंयोजकका लागि निर्वाचन हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.