भारतको कुशीनगरमा विवाह समारोहमा गएका १३ जनाको इनारमा डुबेर मृत्यु

भारतको कुशीनगरमा विवाह समारोहमा गएका १३ जनाको  इनारमा डुबेर मृत्यु

उत्तर प्रदेश : भारतको उत्तर प्रदेशको कुशीनगरमा इनारमा राखिएको स्ल्याब भाँचिदा १३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा महिला र बालबालिका रहेका छन्। कुशीनगरको नौरङ्गियामा विवाह समारोहका लागि भेला भएका यी व्यक्तिहरू इनारमा राखिएको स्ल्याबमा बसेका थिए । स्ल्याब भाँच्दा सबै इनारमा खसेका थिए। घटनामा दुई महिला र ११ बालबालिकाको मृत्यु भएको बीबीसीमा समाचार छ।

यस दुर्घटनाको जानकारी दिँदै गोरखपुर रेन्जका एडीजी अखिल कुमारले भनेका छन्। ‘स्थानीय गाउँमा परमेश्वर कुशवाहा जीसँग विवाहको कार्यक्रम थियो, जसमा गाउँका महिलाहरु इनारमा पूजा गर्न भेला भएका थिए। करिब साढे आठ बजे दु:खद घटना भएको हो। इनारको स्ल्याब फुटेर माथि रहेका सबै मानिस इनारमा खसे। स्थानीयले सकेसम्म धेरैलाई बाहिर निकालेर तुरुन्त अस्पताल पुर्‍याएका थिए।'

प्रधानमन्त्री नरेन्द्र मोदीले यस दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दुई/दुई लाख रुपैयाँ राहत र पीडितलाई ५०-५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै उनले भने, ‘उत्तर प्रदेशको कुशीनगरमा भएको दुर्घटना हृदयविदारक छ । यस घटनामा ज्यान गुमाउनेहरुका परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । साथै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु, स्थानीय प्रशासनले सक्दो सहयोग गरिरहेको छ ।

बुधबार राती करिब ८: ३० बजे भएको उक्त घटनामा रातको समय भएकाले उद्धार र राहत कार्यमा कठिनाइ भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.