ब्राजिलमा वर्षापछि पहिरो : ९४ जनाको मृत्यु
रियो दि जेनेरियो : ब्राजिलको रियो दि जेनेरियो राज्यको पहाडी क्षेत्रमा आएको बाढी र पहिरोमा परी कम्तीमा ९४ जनाको मृत्यु भएको स्थानीय समाचारले बताएका छन् ।
पेट्रोपोलिस सहरमा मंगलबार तीन घण्टाको मुसलधारे वर्षा पछि पहिरो आएको थियो। रियो दि जेनेरियोका गभर्नर क्लाउडियो क्यास्ट्रोले भग्नावशेषमा खोज्दा मृतकको संख्या बढ्न सक्ने बताए। करिब ४०० जना घरबारविहीन भएका उनले बताए ।
सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोले कार र घरहरू पहिरोले बगाएको र पेट्रोपोलिस र छिमेकी जिल्लाहरूमा पानी बगिरहेको देखिन्छ।