आठ राज्यका १७ युवतीलाई विवाह गरेर करोडौं ठगी गर्ने प्रहरी फन्दामा

आठ राज्यका १७ युवतीलाई विवाह गरेर करोडौं ठगी गर्ने प्रहरी फन्दामा

भारत : कहिले चिकित्सक र कहिले केन्द्रीय स्वास्थ्य मन्त्रालयको बरिष्ठ अधिकारी हुँ भन्दै १७ जना महिलालाई तस्करी गर्ने एकजनालाई भुवनेश्वर प्रहरीले पक्राउ गरेको छ ।

६६ वर्षीय रमेशचन्द्र स्वैनलाई आइतबार राति भुवनेश्वरको खाँदगिरि इलाकाको एक अपार्टमेन्टबाट पक्राउ गरी त्यहाँको उपविभागीय न्यायिक मजिस्ट्रेटले सोमबार न्यायिक हिरासतमा पठाएको समाचार बीबीसीमा उल्लेख छ।

महिलालाई ठगी गर्ने रमेशमाथि आठ राज्यका १७ जना युवतीसँग ठगी विवाह गरी पैसा असुलेको आरोप छ । यी १७ महिलामध्ये चार ओडिशाका, तीन–तीन आसाम र दिल्लीका, दुई–दुई मध्य प्रदेश र पञ्जाबका र एक–एक जना उत्तर प्रदेश, झारखण्ड र छत्तीसगढका छन्।

भुवनेश्वरका डीसीपी उमाशंकर दासले यी १७ जना बाहेक रमेशले अन्य थुप्रै महिलालाई आफ्नो जालमा फसाएको हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन बताए। उनले भने, ‘रमेश पक्राउपछि १७ जनामध्ये तीनजना महिलाको बारेमा जानकारी पाएका थियौं। यी तीनमध्ये एक ओडिशा, एक छत्तीसगढ र एक जना असमका हुन् र तीनैजनाले उच्च शिक्षा पूरा गरेका छन्। उनीहरुलाई हिरासतमा लिनेछौं। उनीसँग सोधपुछ गरेर यी १७ बाहेक उनले अन्य कुनै महिलालाई आफ्नो जालमा फसाएको त होइन भनेर पत्ता लगाउने प्रयास गर्नेछौँ ।'

रमेशले हिरासतमा राखेर गरेको कारबाहीबारे थप जानकारी लिन भुवनेश्वर महिला थानाका इन्चार्जको नेतृत्वमा तीन सदस्यीय टोली गठन गरिएको दासले बताए । रमेशको मोबाइल फोन फरेन्सिक परीक्षणका लागि पठाइने र उनको आर्थिक लेनदेनबारे पनि अनुसन्धान गरिने छ ।

महिलालाई यसरी फन्दामा पार्थे ?

रमेशले आफ्नो शिकार धेरै सावधानीपूर्वक छनोट गर्थे। आफ्नो शिकार खोज्न, उनी प्रायः वैवाहिक साइटहरूको सहारा लिने गर्थे। बुढेसकालमा पनि विवाह नगरेका वा सम्बन्धविच्छेद भइसकेका वा पतिबाट अलग भएका महिलालाई मात्र उनले रोज्थे । तर आफ्नो पीडितको फैसला गर्दा उनले महिला या त जागिर छिन् वा धेरै पैसा छ भन्ने कुरामा विशेष ख्याल राख्थे ।

लक्ष्य तय गरेपछि रमेशले उनीहरूसँग वैवाहिक साइटमार्फत सम्पर्क राख्थे। भेटेपछि आफ्नो मिठो बोलीले उनीहरुको विश्वास जित्थे । रमेशले आफूलाई कहिले डाक्टर त कहिले केन्द्रीय स्वास्थ्य मन्त्रालयको वरिष्ठ अधिकारी भन्दै युवतीहरुलाई फसाउँथे । भुवनेश्वर प्रहरीका अनुसार पीडितको मनमा विश्वास जगाउन उनले धेरै नक्कली परिचयपत्र बनाएका थिए ।

यसबाहेक उनले स्वास्थ्य मन्त्रालयको लोगोसहितको नक्कली चिठ्ठी पनि प्रयोग गर्ने गरेका छन् । रमेशले विधुभूषण स्वैन र रमणी रञ्जन स्वैनको नाममा नक्कली परिचयपत्र बनाएका थिए, जुन उनीहरुको खण्डगिरिस्थित फ्ल्याटबाट बरामद भएको थियो ।

रमेश डाक्टर होइनन्, तर उनले कोच्चिबाट पारा मेडिकल, ल्याबोरेटरी टेक्नोलोजी र फार्मेसीमा डिप्लोमा कोर्स गरे, जसका कारण उनलाई मेडिकल साइन्सको अलिकति ज्ञान थियो। यो जानकारी महिलाहरूलाई धोका दिन प्रयोग गर्ने गर्थे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.