लक्ष्मी बैंकको ११ औं एक्स्टेन्सन काउण्टर विस्तार

लक्ष्मी बैंकको ११ औं एक्स्टेन्सन काउण्टर विस्तार

काठमाडौं : लक्ष्मी बैंकले संजाल विस्तार गर्ने क्रममा एघारौं एक्स्टेन्सन काउण्टर रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकास्थित झुलनेटामा स्थापना गरेको छ। यस नयाँ एक्स्टेन्सन काउण्टरको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ५० जिल्लामा १४१ शाखा, ११ एक्स्टेन्सन काउण्टर, ५ हस्पिटल सेवा काउन्टर, १७२ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६३ शाखारहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

यसको साथै लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।

यो एक्स्टेन्सन काउण्टरको विस्तारसँगै बैंकले ग्राहकलाई उनीहरुकै रोजाईको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग वा मोबाइल बैंकिङ्ग सेवा प्रदान गरी सहरी तथा अर्ध सहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहकलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.