गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारदेखि परीक्षण उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारदेखि परीक्षण उडान

भैरहवा: भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भोलि (शुक्रबार)देखि परीक्षण उडान सुरु हुने भएको छ। परीक्षण उडानका लागि थाइल्याण्डबाट विशेष विमान बिहीबार साँझ भैरहवा विमानस्थलमा आइपुगेको छ।

उक्त विशेष विमानसँगै पाइलट, को-पाइलटसहित ७ जनाको चालक दलको टोलीसमेत आएका छन्। विमानस्थल सञ्चालनअघि जडान गरिएको सञ्चार उपकरणहरुको परीक्षणका लागि क्यालिब्रेसन उडान गर्नुपर्ने हुन्छ। जसबाट जडान गरिएका उपकरणहरु ठीक भए-नभएको बारे रिपोर्ट आउँछ। सोहीअनुसार थप प्रक्रियाहरु अघि बढाइन्छ।

उक्त विशेष विमानले शुक्रबारदेखि विमानस्थलमा जडान गरिएका सञ्चार उपकरण र धावनमार्गमा जडान गरिएको लाइटिङको परीक्षणका लागि उडान सुरु गर्ने विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले बताए।

‘शुक्रबार बिहानदेखि सम्भवतः ७-१० दिनसम्म विमानस्थलमा जडान गरिएका सञ्चार उपकरणलगायतको परीक्षणका लागि क्यालिब्रेसन फ्लाइट हुन्छ,’ उनले भने, ‘क्यालिब्रेसन फ्लाइटले जडान गरिएको उपकरणहरु ठीक छन् वा छैनन् भन्ने देखाउँछ।’ 

क्यालिब्रेसन उडानका लागि बनाइएको योजनाअन्तर्गत विमानस्थलमा जडान गरिएको सञ्चार उपकरणहरुको जाँच गरिने, क्यालिब्रेसन उडान सुरु गर्ने, उडान भरेको विमानको दूरी जाँच, उडान भरेको विमानले प्रयोग गर्ने रुटको जाँच, उडान भर्दा र अवतरण गर्दा धावनमार्गमा जडान गरिएको लाइटिङलगायतका परीक्षणहरु हुनेछ।

‘विमानस्थलको भौतिक संरचना र जडान गरिएको उपकरणको हिसाबले शुक्रबारदेखि क्यालिब्रेसन उडानका सुरु गर्दैछौं,’ प्रमुख अधिकारीले भने, ‘यो विमानस्थलाई अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा मान्यता प्राप्त गराउनका लागि क्यालिब्रेसन उडान हाम्रो लागि पहिलो पाइला हो।’ अगामी ०७९ साल जेठ २ गते बुद्ध जयन्तीका दिन विमानस्थल सञ्चालन गर्ने लक्ष्य राखिएको छ। 

भैरहवा विमानस्थलमा शुक्रबार साँझदेखि उडान हुने 
भैरहवास्थित गौतमबुद्ध विमानस्थलको नियमित उडान तालिका केही दिनका लागि प्रभावित हुने भएको छ। निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको उपकरणहरुको परीक्षणका लागि विशेष विमानमार्फत् परीक्षण उडान हुने भएको हुदाँ आन्तिरकतर्फको उडान प्रभावित हुने भएको हो। 

गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोबिन्द प्रसाद दहालले फागुन ६ गते (शुक्रबार) देखि १५ गतेसम्म क्यालिब्रेसन फ्लाइट (परीक्षण उडान) हुने भएकाले नियमित उडान प्रभावित हुने बताए। उनका अनुसार उक्त क्यालिब्रेसन फ्लाइटको अवधिसम्म नियमित उडान दैनिक साँझ ४ बजेपछि मात्र हुनेछ। क्यालिब्रेसन फ्लाइट सकिएपछि नियमितरुपमा उडान हुनेछ।

भैरहवाबाट आन्तिरकतर्फ काठमाण्डौं, पोखरा र भक्तपुरका लागि नियमित उडान हुने गरेको छ। दैनिक करिब २५ वटासम्म हुने उडान क्यालिब्रेसन फ्लाइटको समयमा प्रभावित हुने भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.