'बच्चन पाण्डे' को ट्रेलर रिलिज, पहिलो पटक अक्षय कुमारको खतरनाक लुक

'बच्चन पाण्डे' को ट्रेलर रिलिज, पहिलो पटक अक्षय कुमारको खतरनाक लुक

नयाँ दिल्ली  अक्षय कुमार र कृति सेनन स्टारर फिल्म ‘बच्चन पाण्डे’ को ट्रेलर सार्वजनिक भएको छ । यस ट्रेलरमा अक्षय कुमार ग्याङ्गस्टरको भूमिकामा देखिएका छन् । लामो समयदेखि चर्चामा रहेको अक्षय कुमारको लुक पनि गजबको छ । यस फिल्ममा अक्षय कुमार डरलाग्दो भूमिकामा देखिनेछन् । 

फिल्ममा अक्षय कुमारसँग कृति सेनन र ज्याकलिन फर्नान्डिज देखिदैछन् । दुबैले यसअघि अक्षय कुमारसँग हाउसफुल सिरिजमा काम गरिसकेका छन् ।  उनीसँगै अर्शद वारसी छन् । कृतिले ग्याङ्स्टर बच्चन पाण्डेमाथि नयाँ फिल्म बनाउन चाहन्छिन् । तर यसले धेरै खतरा पनि बोकेको छ । ट्रेलरमा प्रतिक बब्बर, सञ्जय मिश्रा, पंकज त्रिपाठी जस्ता स्टारहरु पनि देख्न सकिन्छ । अर्कोतर्फ, ज्याकलिन फर्नान्डिजले पनि यो फिल्ममा ग्ल्यामर थप्ने छिन् । 

ज्याकलिनले बच्चन पाण्डेकी प्रेमिका सोफीको भूमिका निभाएकी छिन् । कमेडीसँगै यो फिल्म रक्तपातले भरिपूर्ण हुने ट्रेलरबाट प्रष्ट हुन्छ । यो फिल्मको नाम अक्षय कुमारको चरित्रबाट प्रेरित भएको हो । अक्षयले सन् २००८ मा आएको फिल्म टशनमा बच्चन पाण्डेको भूमिका निभाएका थिए ।

सोही पात्रबाट प्रेरित भएर फिल्मको नाम राखिएको बताइएको छ । ‘बच्चन पाण्डे’ साउथको फिल्म ‘वीरम’ को रिमेक बन्ने खबर पनि छ। तरपछि निर्माताले पटकथा परिवर्तन गरेर मौलिक कथा बनाउने निर्णय गरे । त्यसपछि ‘बच्चन पाण्डे’ तमिल फिल्म ‘जिगरथण्डा’ को रिमेक हो भनिएको थियो

अक्षय कुमारको फिल्म ‘बच्चन पाण्डे’लाई फरहाद सामजीले निर्देशन गरेका हुन् । यसअघि अक्षय र फरहादले ‘इन्टरटेनमेन्ट’, ‘हाउसफुल ३’ र ‘हाउसफुल ४’ मा सँगै काम गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.