अहमदाबाद शृंखलाबद्ध विस्फोट प्रकरण : ४९ दोषीमध्ये ३८ जनालाई फाँसीको सजाय

अहमदाबाद शृंखलाबद्ध विस्फोट प्रकरण : ४९ दोषीमध्ये ३८ जनालाई फाँसीको सजाय

 गुजरात : सन् २००८ मा अहमदाबादमा भएको श्रृङ्खलाबद्ध विस्फोट मुद्दाको सुनुवाइ गर्दै विशेष अदालतले ऐतिहासिक फैसला सुनाएको छ । अदालतले ४९ जना

दोषीमध्ये ३८ जनालाई फाँसीको सजाए सुनाएको छ। यस्तै ११ जनालाई अदालतले जन्मकैदको सजाय सुनाएको छ ।

सो श्रृङ्खलाबद्ध विस्फोटमा ५६ जनाको मृत्यु भएको थियो भने २०० बढी मानिस घाइते भएका थिए। सो घटना २६ जुलाई २००८ मा भएको थियो। गुजरातको अहमदाबाद सहरमा ७० मिनेटभित्रै एकपछि अर्को २१ वटा बम विस्फोट भएका थिए।

इन्डियन मुजाहिद्दीन र हरकत-उल-जिहाद-अल-इस्लामी नामक चरमपन्थी संगठनले विस्फोटको जिम्मेवारी लिएको थियो। गुजरात एटीएस (एन्टी टेररिस्ट स्क्वाड) ले विस्फोट घटनामा सलग्न भएको भन्दै मुफ्ती अबु बशीरसहित नौजनालाई पक्राउ गरेको समाचार बीबीसीमा उल्लेख छ।

सन् २०१६ मा झण्डै आठ वर्षपछि विस्फोटका अर्का आरोपी नासिर रंगरेज पनि पक्राउ परेका थिए । विस्फोट लगत्तै गुजरातको सुरेन्द्रनगर जिल्लाबाट हुसेन इब्राहिम, हेल मोहम्मद र अब्दुल कादिरसहित तीनजनालाई पक्राउ गरिएको थियो।

यी विस्फोटहरूको सम्बन्धमा दायर गरिएको आरोपपत्रमा सिमीका मुफ्ती बशर, सफदर मंसूरी र सफदर नागोरीबाहेक ५० जनालाई आरोपी राखिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.