रुसले युक्रेनमा सैन्य कारबाही घोषणा गरेसँगै तेलको मूल्य बढ्यो, एसियाली शेयर बजारमा गिरावट
बेलायत : रुस र युक्रेनबीचको तनावका कारण इन्धनको मुल्य बढेको छ । रुसले युक्रेनमाथि सैनिक कारबाही सुरु गरेसँगै तेलको मूल्य प्रति ब्यारेल १०० डलर पुगेको हो ।
राष्ट्रपति भ्लादिमिर पुटिनले पूर्वी युक्रेनमा ‘सैनिक कारबाही घोषणा' गरेसँगै तेलको मूल्य विगत सात वर्षको तुलनामा पहिलो पटक १०० डलरभन्दा माथि पुगेको बीबीसीमा समाचार छ ।
रुस र युक्रेनबीचको तनावको समाचारले एसियाली शेयर बजारमा समेत प्रभाव पारेको छ । बीबीसीको समाचार अनुसार, एसियाली शेयर बजार २ देखि ३ प्रतिसत सम्म घटेको छ । लगानीकर्ताहरु असुरक्षित महसुस गर्न थालेका छन् । सुनको भाउ समेत एक वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । अमेरिकी डलर र जापानी यान बलियो बन्दै गएको समेत समाचारमा बताइएको छ ।