कानुन मन्त्री बडूको घरमा कालो ब्यानर झुन्ड्याइयो

कानुन मन्त्री बडूको घरमा कालो ब्यानर झुन्ड्याइयो

दार्चुला: कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूको गृह जिल्ला दार्चुला रहेको घरमा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले कालो ब्यानर झुन्ड्याएको छ। 

जिल्ला सदरमुकाम खलंगा वडा नम्बर ५ नमस्कारमा रहेको मन्त्रीको बडूको घरमा दलाल मन्त्री मुर्दावाद लेखिएको व्यानर टाँगेको हो। मन्त्री बडूको घरको च्यानल गेटमा विप्लवका कार्यकर्ताहरुले अमेरिकी परियोजना एमसीसीको विरोध गर्दै दलाल मन्त्री मुर्दावाद, राष्ट्रघाति एमसीसी खारेज गर, राष्ट्रिय स्वाधीनताको रक्षा गर, देश बेच्न पाइँदैन, दलाल सरकार चाहिँदैनलगायतका नाराहरु लेखेर व्यानर टाँगेका छन्। 
यता प्रहरी प्रशासनलाई भने यसबारे जानकारी नहरकेो बताएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.