रुसमा युक्रेन हमलाविरुद्ध प्रदर्शन : १७ सय जना पक्राउ

रुसमा युक्रेन हमलाविरुद्ध प्रदर्शन : १७ सय जना पक्राउ

मस्को : युक्रेनमा रुसले गरेको आक्रमणपछि रुसका धेरै सहरमा युद्धको विरोधमा प्रदर्शन भएका छन्। यो प्रदर्शनमा हालसम्म १ हजार ७ सय जना पक्राउ परेका छन् ।

विपक्षी र्‍यालीहरूमा गिरफ्तारी ट्र्याक गर्ने ओभीडी इन्फो समूहले मस्कोमा ९ सय जना र सेन्ट पिटर्सबर्गमा ४ सय जनालाई पक्राउ गरिएको बताएको छ। 

सामाजिक सञ्जालमा पोष्ट गरिएका भिडियो र तस्बिरहरूमा हजारौं मानिसहरू 'युद्धलाई नाई भन्नुहोस्' भन्ने प्लेकार्ड बोकेर सडकमा निस्किएका देखिन्छ। केही प्लेकार्डमा सरकारको निर्णयको आलोचना पनि भएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार युक्रेनमाथि आक्रमण गर्ने निर्णयको विरोध गर्न मस्कोको पुस्किन स्क्वायरमा हजारौं मानिस मानिस जम्मा भएका थिए। त्यस्तै सेन्ट पीटर्सबर्गमा पनि करिव १ हजार मानिस जम्मा भएका थिए।

रुसी संसदको तल्लो सदनको भवनको अगाडि गेटमा ‘से नो टु वार’ लेखिएको स्प्रे पेन्ट पनि देखियो । रुस बाहेक विश्वका अन्य धेरै सहरमा रुसको आक्रमणको विरोधमा प्रदर्शन भएका छन् । अमेरिकाको न्युयोर्क सहरमा सयौं प्रदर्शनकारीले युक्रेनको झण्डा बेह्रेर संयुक्त राष्ट्र संघको रुसी मिसनतर्फ मार्च गरेका छन् । बीबीसी हिन्दीबाट।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.