रुसी आक्रमणमा हालसम्म १ सय ३७ युक्रेनीको मृत्यु
केभ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनविरुद्ध सैन्य कारवाही गर्न आदेश दिएपछि बिहीबार बिहानैदेखि तीनतर्फबाट रुसी सेना युक्रेनतर्फ अघि बढेका थिए। बिहीबारबाट भएको रुसी हमलामा परेर हालसम्म युक्रेनमा १ सय ३७ युक्रेनीको मृत्यु भएको छ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी सेनाको आक्रमणको पहिलो दिन युक्रेनमा १३७ सर्वसाधारण मारिएको बताएका हुन् । जसमा सैनिक र सर्वसाधारण भएका उनले जानकारी दिए।