रुस-युक्रेन विवाद : रुसी अर्बपतिले गुमाए ९० अर्ब डलर

रुस-युक्रेन विवाद : रुसी अर्बपतिले गुमाए ९० अर्ब डलर

रुस : फोर्ब्समा प्रकाशित रिपोर्टका अनुसार युक्रेनमा जारी आक्रमणमा रुसी अर्बपतिहरूले करिब ९० अर्ब डलर गुमाएका छन्।

 फोर्ब्सको रिपोर्टमा इयान मार्टिनले रुसी समाचार एजेन्सी टासलाई उद्धृत गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशका शीर्ष अर्बपतिहरूको बैठक पनि बोलाएको बताएका छन्।

रुसी राष्ट्रपति पुटिनले युक्रेनमाथि आक्रमण गर्ने घोषणा गरेदेखि नै सेयर बजारमा पनि ठूलो गिरावट आएको छ। जसका कारण जनताले निकै सास्ती बेहोर्नु परेको छ। यसैबीच अमेरिका, बेलायत र युरोपेली संघले पनि रुसी बैंक र अर्बपतिहरूलाई आफ्नो प्रतिबन्धको निशाना बनाएका छन्। उनीहरुको सम्पत्ति रोक्का गरिएको छ र उनीहरुको आवतजावतमा पनि प्रतिबन्ध लगाइएको छ।

फोर्ब्सको आधारमा फेब्रुअरी १६ देखि रुसी अर्बपतिहरूले करिब ९० अर्ब डलर गुमाइसकेका छन्। जसमध्ये बिहीबार मात्रै करिब ३९ अर्ब डलर गुमेको छ। ब्लूमबर्गले पनि सोही रिपोर्ट दिएको छ। रुसको सेयर बजार ३३ प्रतिशतले घटेको छ भने रुबलको मूल्य डलरको तुलनामा रेकर्ड स्तरमा झरेको छ। फोर्ब्सको रिपोर्ट अनुसार धेरै नोक्सानमा परेका रूसी अरबपतिमध्ये अलेकपेरोफ, मिखेल्सन, मोर्दसाफ, पोटानिन र केरिमोफ रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.