हाईड्रोपावरमा सवारी दुर्घटना हुँदा चालकको मृत्यु

हाईड्रोपावरमा सवारी दुर्घटना हुँदा चालकको मृत्यु

सोलुखुम्बु : सोलुखुुम्बुको लिखुपिकेमा निर्माणाधिन एमडी दुगड हाईड्रोपावरमा सवारी दुर्घटना हुँदा चालकको ज्यान गएको छ। 

ज्यान गुमाउनेमा गोरखा सौरापानीका ३० वर्षीय अर्जुन थेवाली मगर रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार गएराति २ बजे लिखुपिके गाउँपालिका-५ पात्तालस्थित बेचिन प्लानबाट मिक्चर लोड गरेर जाँदै गरेको प्रदेश ३-०१-००३ क ६२८९ नम्बरको गाडी अनियन्त्रित भएर सडकबाट करिब १०० मिटर तल खसेको थियो। 

उक्त दुर्घटनामा सवारी चालक मगरको घटनास्थलमै ज्यान गएको प्रहरी नायब उपरीक्षक कटवालले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.