युक्रेनले आत्मसमर्पण गरे वार्ता गर्न रसिया तयार

युक्रेनले आत्मसमर्पण गरे वार्ता गर्न रसिया तयार

नयाँ दिल्‍ली : रसिया  र युक्रेनबीचको युद्ध चरम सीमामा पुगेको छ । रसियाले युक्रेनमा ठूलो क्षति पुर्‍याएको छ । अहिलेसम्म कैयौं सैनिकको  मृत्यु भएको समाचार आइरहेका छन् । अहिले यो विनाशपछि रसिया फेरि वार्ताको टेबुलमा आएको छ । रसियाका परराष्ट्रमन्त्री सर्गइ भिक्टोरोवीच लाभ्व्रोभले युक्रेनी सैनिकले हतियार राखे वार्ता हुने स्पष्ट पारेका छन्।

बिहीबार युक्रेनविरुद्ध ठूलो सैन्य कारबाही गरेपछि रसियाले यो प्रस्ताव ल्याएको हो। युक्रेनले छिट्टै यो प्रस्तावलाई स्वीकार नगर्ने विज्ञहरू बताउँछन्। तर, अवस्था हेर्दा अन्त्यमा यो समाधान हुनसक्छ।  युक्रेनलाई घुँडा टेक्ने र त्यसपछि आत्मसमर्पण गर्न बाध्य पार्ने रणनीति रसियाले पहिल्यै राखेको थियो। अहिलेसम्म युक्रेनले यस प्रस्तावमा कुनै प्रतिक्रिया भने दिएको छैन।

तर, रसियाका विदेशमन्त्रीले युक्रेनको आवासीय क्षेत्रमा आफ्नो सेनाले आक्रमण नगरेको स्पष्ट पारेका छन् ।  रसियाले गरेको कारबाहीको विरोध हुन थालेको छ । रुसी राष्ट्रपतिको नीतिको विरोधमा रुसका नागरिक सडकमा उत्रिएका छन्। रुसी राष्ट्रपतिको नीतिको विरोध गर्दै रुसी नागरिक सडकमा उत्रिएका छन् । रसियामा हालसम्म १७ सय प्रदर्शनकारीलाई  हिरासतमा लिइएको छ । 

रसियाबाहेक अमेरिकामा पनि ह्वाइट हाउस बाहिर युक्रेनमा भएको आक्रमणको विरोधमा प्रदर्शन भएको थियो । यसै क्रममा आज  भारतमा रुसी दूतावास बाहिर प्रदर्शन भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.