भलिभबल प्रतियोगिता सुरु
सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-८ किमडाँडामा प्रथम ईश्वरी प्रसाद भुसालस्मृति भलिबल कप प्रतियोगिता सुरु भएको छ। वडा नम्वर ८ का स्वर्गिय वडा अध्यक्ष ईश्वरीप्रसाद भुसालको सम्झनामा भलिबल खेलको आयोजना गरिएको हो।
भलिबल खेलको शुक्रबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका पूर्व कानून मन्त्री तथा प्रदेश सांसद चेतनारायण आचार्यले उद्धाटन गरेका हुन्। खेलको उद्धाटन गर्दै पूर्वमन्त्री आचार्यले खेलकुदको विकासमा गम्भीर भएर लाग्न सरकारलाई आग्रह गरे। उनले खेलकुदको विकासका लागि स्थानीय, प्रदेश र संघिय तीनै तहका सरकार लाग्नु पर्ने बताए।
भलिबल प्रतियोगीतामा ९ टिमको सहभागिता रहेको छ। प्रतियोगीतामा प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्ने छन्।
उद्धाटन समारोहमा सन्धिखर्क नगरपालिकाका नगर उपप्रमुख ठाकुरकुमार बिक, वडा अध्यक्षहरु युवराज बन्जाडे, मोतिजंग रायमाझी, लिलाराम गौतम, लक्ष्मीनारायण चुँदाली लगायतको उपस्थिति रहेको थियो।