चोरी गरिएका बालकहरुलाई फेला पार्ने साह भए ‘पुलिस अफ द मन्थ’

चोरी गरिएका बालकहरुलाई फेला पार्ने साह भए ‘पुलिस अफ द मन्थ’

जनकपुरधाम : अभिभावकबाट चोरी गरिएका दुई जना अबोध बालकहरुलाई १२ घण्टा नबित्दै फेला पार्न सफल भएका प्रहरी निरीक्षक बिक्रम साह जिल्ला प्रहरी कार्यालय धनुषाबाट ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन्। 

माघ २६ गते जनकपुरधाम उपमहानगरपालिका-६ बस्ने मोहम्मद अमिर राईनका ७ महिनाका अबोध बालक मोहम्मद अख्तर राईनलाई अपरीचित व्यक्तिले चोरी गरेर फरार भएको थियो। 
सो घटनामा तत्काल अनुसन्धान गरी अपहरणमा परेका बच्चालाई १२ घण्टा नबित्दै उद्धार गर्न निरीक्षक साह नेतृत्वको प्रहरी टोली सफल भएको थियो। सो घटनामा संलग्न रहेको आरोपमा गणेशमान चारनाथ-१० का मनिषा देवी मुखिया, किरण राम र कृष्ण कुमार यादवलाई पक्राउ गरिएको थियो। 

त्यसैगरी सप्तरीको तिलाठी कोलाठी ५ का बुधनु मुखियाको ६ वर्षिय छोरी सोनी कुमारी मुखिया र जनकपुरधाम उपमहानगरपालिका-१४ का दिपिका दासको ५ वर्षको छोरा दिक्षाण्त दासलाई चोरी गरी फरार भएकाहरुलाई पनि घटना भएकै दिन फेला पार्न प्रहरी सफल भएको थियो। 

यी घटनाहरुमा सुक्ष्म अनुसन्धान गरेर दोषी पत्ता लगाउन निरीक्षक साहको प्रमुख भुमिका देखिएकोले उनलाई सम्मान गरिएको धनुषाका प्रहरी उपरिक्षक बसन्त रजौरेले जानकारी गराएका छन्। 

जिल्ला प्रहरी कार्यालय धनुषा अन्तर्गत कार्यरत एक हजार प्रहरी कर्मचारी मध्ये साह उत्कृष्ट भएका हुन्। उनीसँगै सोही घटनामा उत्कृष्ठ कार्य गरेका प्रसनि सिकेन्द्र कुमार साह र प्रहरी जवान अक्लेश कुमार रामलाई पनि सम्मानीत गरिएको छ। 

‘समाजका लागि उत्कृष्ट काम गरेका प्रहरीहरुलाई संगठन भित्रै सम्मान हुनुपर्दछ यसले उनीहरुको हौसला बढाउछ,’ प्रहरी उपरिक्षक रजौरेले अन्नपूर्णसँग कुरा गर्दै भने, ‘हामीले प्रत्येक महिना सामाजिक क्षेत्रमा उत्कृष्ट काम गर्ने मध्येबाट एकजना प्रहरीलाई उत्कृष्ट प्रहरीको सम्मान दिने गरेका छौं। यसका साथै उत्कृष्ट हुनका लागि विषयवस्तु छुट्याएर पनि दिने गरेका छौं। अहिले यस क्षेत्रमा मोटरसाईकल चोरीको घटना निकै बढेको हुनाले मोटरसाईकल चोरीको घटनामा दोषी पक्राउ गर्नेलाई अर्को महिनामा उत्कृष्ट प्रहरी घोषीत गर्ने भनेका छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.