युक्रेन आक्रमणविरुद्ध राष्ट्र संघमा ११ सदस्यको प्रस्ताव : रुसले प्रयोग गर्‍यो भिटो पावर

युक्रेन आक्रमणविरुद्ध राष्ट्र संघमा ११ सदस्यको प्रस्ताव : रुसले प्रयोग गर्‍यो भिटो पावर

वासिङटन डिसी : युक्रेन सम्बन्धी संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावमा रुसले भिटो पावर प्रयोग गरेर यसलाई रोकेको छ। युक्रेनमा रुसद्वारा गरिएको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र सुरक्षा परिषद्मा ११ सदस्यले यो प्रस्तावको पक्षमा मतदान गरेका थिए। तर रुसले स्थायी सदस्यको रूपमा भिटो प्रयोग गरेर यसलाई रोक्यो।

प्रस्तावको पक्षमा ११ सदस्यले मतदान गरेका थिए। भारत, चीन र युएईले मतदानमा भाग लिएनन्।

राष्ट्रसंघका लागि रुसी राजदूतले रुसले युक्रेन वा युक्रेनका नागरिकविरुद्ध युद्ध नगरेको तर डोनबासका जनतालाई बचाउनका लागि यस्तो कदम चालेको बताए।

सुरक्षा परिषदमा भारतका प्रतिनिधि टी.एस. तिरुमूर्तिले युक्रेनमा हालै भइरहेको घटनाले भारत चिन्तित भएको बताए। उनले युद्ध हिंसा चाँडो अन्त्य गर्न आग्रह गरे।

युक्रेनमा रुसको आक्रमण रोक्न र सेना बोलाउन संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा मतदान भएको थियो। रुस भिटो शक्ति भएको सुरक्षा परिषद्का पाँच स्थायी सदस्यहरूमध्ये एक हो। रुसबाहेक अमेरिका, चीन, फ्रान्स र बेलायतसँग पनि भिटो शक्ति छ।

यसैबीच, संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले रुसको कारबाहीलाई आधारभूत सिद्धान्तमाथिको आक्रमण भनेकी छन्। उनले रुसले भिटोको दुरुपयोग गरिरहेको बताइन्।

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र सुरक्षा परिषद्मा युक्रेनमा भएको आक्रमणको मुद्दा उठाएकामा सदस्य राष्ट्रहरूलाई धन्यवाद दिएका छन्। रुसको भिटो शक्तिलाई उनले सुरक्षा परिषद्मा रुस रगतको दाग जस्तै भएको लेखेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.