अमेरिकाले रुससँग लड्न आफ्नो सेना किन पठाउँदैन ?

अमेरिकाले रुससँग लड्न आफ्नो सेना किन पठाउँदैन ?

वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा भएको आक्रमणलाई ‘रुसी आक्रमण’ भन्दै निन्दा गरेका छन्। साथै बाइडेनले कूटनीतिक रूपमा यसको जवाफ दिन प्रयास गरिरहेका छन्।

 अमेरिकाले विगत केही सातादेखि रुसले आक्रमण गर्ने सम्भावनालाई लिएर चेतावनी जारी गर्दै आएको थियो। सो अन्ततः सही सावित भएको छ।  

यसैबीच बाइडेनले यो युद्धमा सहभागी हुन युक्रेनमा अमेरिकी सैनिक नपठाउने बताएका छन्। उनले अमेरिकी नागरिकलाई बचाउनका लागि पनि युक्रेनमा अमेरिकी सेना नपठाउने बताए। 

उनले युक्रेनमा सैन्य सल्लाहकार र निरीक्षकका रूपमा कार्यरत अमेरिकी सैनिकलाई पनि फिर्ता बोलाएका छन्। बाइडेनले युक्रेनलाई सैन्य सहयोग नगर्ने निर्णयले यस्तो कदम किन उठाए ? भन्ने प्रश्न उब्जिएको छ।

अमेरिकी राष्ट्रिय स्वार्थ दाउमा छैन

बाइडेनको निर्णयको पहिलो कारण युक्रेन अमेरिकाको छिमेकी देश होइन। यो अमेरिकी सिमानासँग जोडिएको देश होइन र युक्रेनमा अमेरिकाको सैन्य आधार पनि छैन। योसँगै युक्रेनसँग रणनीतिक हिसाबले निकै महत्वपूर्ण तेलको भण्डार पनि छैन। र अमेरिकाको प्रमुख व्यापारिक साझेदार पनि होइन।

तर पनि बाइडेनभन्दा पहिलेका धेरै राष्ट्रपतिहरूले अमेरिकी हितलाई खतरा नभएको बेलामा पनि अन्य देशहरूको लागि आफ्नो आर्थिक र सैन्य शक्ति प्रयोग गरेको इतिहास भने अमेरीकाको रहेको छ।

पूर्व अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले सन् १९९५ मा युगोस्लाभियामा सैन्य हस्तक्षेप गरेका थिए। सन् २०११ मा अमेरिकी राष्ट्रपति बराक ओबामाले लिबियाको गृहयुद्धका बेला यस्तै कदम चालेका थिए। दुवै पटक जनता बचाउने र मानवअधिकारको रक्षा गर्ने कारण देखाइएको थियो।

यसअघि सन् १९९० मा पूर्व अमेरिकी राष्ट्रपति जर्ज एचडब्ल्यू बुसले इराकलाई कुवेतबाट बाहिर निकाल्न अन्तर्राष्ट्रिय सैन्य गठबन्धन बनाएका थिए। शान्ति सुरक्षा कायम गर्ने तर्क दिएर यसलाई जायज भनिएको थियो।

बाइडेनका राष्ट्रिय सुरक्षा अधिकारीहरूले रूसलाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा सिद्धान्तहरूका लागि खतरा भएको भन्दै लगभग उस्तै भाषा प्रयोग गरे। तर उनले सैन्य कारबाहीको सट्टा कडा प्रतिबन्धहरू मार्फत आर्थिक क्षति पुर्‍याउन सुझाव दिए।

बाइडेन सैन्य हस्तक्षेप विपरित छन्?

बाइडेन प्रशासनको यस प्रतिक्रियाको लागि अमेरिकी राष्ट्रपति जो बाइडेनको व्यक्तिगत अडान पनि महत्त्वपूर्ण छ। बाइडेनलाई सैन्य अभियानमार्फत हस्तक्षेप गर्नेहरूमा गनिंदैनन्। तर योबाटो तर्फ उनी बिस्तारै अघि बढेको देख्न सकिन्छ।

सन् १९९० मा उनले बाल्कन क्षेत्रमा जारी जातीय हिंसामा अमेरिकी सेनाको हस्तक्षेपलाई समर्थन गरेका थिए। यसपछि सन् २००३ मा उनले अमेरिकाको इराक अभियानलाई पनि समर्थन गरेका थिए। तर त्यसबेलादेखि उनी अमेरिकाको सैन्य शक्तिको प्रयोगप्रति सचेत भएका छन्।

उनले लिबियामा सैन्य हस्तक्षेपका लागि अफगानिस्तानमा सेनाको संख्या बढाउने बराक ओबामाको निर्णयको पनि विरोध गरे। 

यसपछि उनी राष्ट्रपति बनेपछि अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता बोलाए। सेना फिर्ताका कारण अफगानिस्तानमा अराजकता र मानवीय संकटको बाबजुद पनि उनले आफ्नो निर्णयको कडा प्रतिरक्षा गरे। 

अमेरिकी नागरिक पनि रूस युक्रेनमा विवादमा अमेरिका सामेल होस् भन्ने चाहँदैनन्।

भर्खरै गरिएको एपी-एनओआरसी सर्वेक्षणले ७२% अमेरिकी नागरिकहरूले रुस-युक्रेन विवादमा अमेरिकाले कुनै भूमिका खेल्नु हुँदैन वा केवल सानो भूमिका निभाओस् भनेका छन्।

महाशक्तिहरू बीच द्वन्द्वको खतरा

रुस-युक्रेन मामिलामा अमेरिकाको गैर-सैन्य हस्तक्षेपको सबैभन्दा ठूलो कारण पुटिनको आणविक हतियारको भण्डार हो। बाइडेन युक्रेनमा रूसी र अमेरिकी सेनाहरू बीच 'विश्व युद्ध' सुरु गर्ने जोखिम लिन चाहँदैनन्।

 यस महिना एनबीसीसँगको एक अन्तर्वार्तामा बाइडेनले भनेका थिए, 'हामी कुनै पनि आतंकवादी संगठनसँग व्यवहार गरिरहेका छैनौं। हामी विश्वको सबैभन्दा ठूलो सेनाको सामना गरिरहेका छौं। यो निकै जटिल समस्या हो र स्थिति द्रुत रूपमा बिग्रँदै गएको छ।'

युक्रेनको साथ दिनुपर्ने कुनै सन्धी सम्झौता छैन

अमेरिकामा भएको कुनै पनि सन्धिका कारण यी जोखिमहरू लिनुपर्ने बाध्यता छैन। 

नेटोको धारा ५ ले कुनै पनि नेटो सदस्य राष्ट्रमाथि आक्रमणलाई सबै सदस्य राष्ट्रहरूमाथिको आक्रमण मानिनेछ र सबैले एकअर्काको सुरक्षाका लागि कदम चाल्नुपर्छ भनी उल्लेख गरेको छ।

तर युक्रेनको मामला फरक छ, यो नेटोको सदस्य होइन। यो तर्क गर्दै ब्लिन्केनले अमेरिकाले आफूले जोड दिएको मूल्यमान्यताको रक्षाका लागि किन संघर्ष नगर्ने बताए।

यो विडम्बना पनि हो किनभने यस द्वन्द्वको पछाडि युक्रेनलाई नेटोमा समावेश नगर्ने पुटिनको माग थियो। यद्यपि नेटोले रुसको मागलाई स्वीकार गर्न अस्वीकार गरेको थियो। 

हार्वर्ड विश्वविद्यालयका प्राध्यापक तथा विदेश नीति विशेषज्ञ स्टीफन वाल्टले एक लेखमा अमेरिका, युरोप र नेटोका देशहरूले रुसविरुद्ध कडा बयान दिइरहेका छन् तर सैन्य हस्तक्षेपको मामिलामा या त इन्कार गरिरहेका छन् वा चुपचाप रहेको बताउँदै उक्त कार्य बुझ्न गाह्रो भएको बताएका छन्।

स्टीफन वाल्टका अनुसार युक्रेनमा आफ्नो सेना पठाउनुको सट्टा बाइडेनले युक्रेनमा रहेको अमेरिकी सेनासँग सम्बन्धित व्यक्तिहरूलाई फिर्ता बोलाएका छन्, जसले अर्कै सन्देश दिएको छ।

बाइडेनले युक्रेनमा सेना पठाउँदैनन्, तर युक्रेन र रुससँग सीमा जोडिएका नाटो सदस्य राष्ट्रहरूलाई बलियो बनाउनका लागि उनले आफ्ना सेना युरोपमा पठाउँदै त्यहाँ रहेका सेनालाई स्थानान्तरण गरिरहेका छन्।

बाइडेन प्रशासनले कुनै समय सोभियत संघको हिस्सा रहेका यी देशहरूलाई आश्वस्त पार्न मात्र यो कदम चालिएको बताएको छ।   

नेटो के हो? 

उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) सन् १९४९ मा गठन भएको एउटा सैन्य गठबन्धन हो। यो अमेरिका, क्यानडा, बेलायत र फ्रान्सलगायत १२ राष्ट्रहरू मिलेर बनेको थियो। 

कुनै एक सदस्य राष्ट्रमाथि आक्रमण भयो भने बाँकी राष्ट्रले त्यसलाई सहयोग गर्न अगाडि आउनुपर्ने यसको नियम छ। यसको मूल उद्देश्य दोस्रो विश्वयुद्ध पछि युरोपमा रूसको विस्तारलाई रोक्नु हो। 

सन् १९५५ सोभियत रूसले पनि पूर्वी युरोपका कम्युनिष्ट देशहरूसँग मिलेर आफ्नै छुट्टै सैन्य गठबन्धन गठन गरेको थियो। जसलाई वार्सा सम्झौता नाम भनिन्छ।

तर १९९१ मा सोभियत संघको विघटन भएपछि वार्सा सम्झौतामा भाग लिएका धेरै देशहरू नेटोमा सामेल भए।

नेटो गठबन्धनमा अहिले ३० सदस्य राष्ट्र छन्। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.