रेसुंगामा वैशाखदेखि जहाज

रेसुंगामा वैशाखदेखि जहाज

बुटवल : रेसुंगाको सिमीचौरमा विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको खबरले चन्दा घिमिरे हर्षित छिन्। तम्घास घर भई काठमाडौं बस्ने उनी बान्ता हुने भएपछि बस, जिप र कारमा यात्रा गर्नै सक्दिनन्।

चाडपर्वमा गाउँ जान पहाड फोरेजस्तै हुन्छ। ‘विमानस्थल कहिले पूरा होला भनेर कुरिरहेका थियौं’, उनले भनिन्, ‘वैशाखदेखि सञ्चालन हुने खबरले खुसी लागेको छ।’ विमानस्थल सञ्चालनमा आए आफूजस्ता धेरै गुल्मेलीलाई काठमाडौंदेखि गाउँ जान सहज हुने उनी बताउँछिन्। भन्छिन्, ‘नियमित उडान भयो भने वर्षैपिच्छे घर आउन पाउँथें।’ 

विमानस्थल अन्तिम चरणमा पुगेकाले गुल्मेलीको जहाज चढ्ने सपना १५ वर्षपछि पूरा हुँदैछ। तत्कालीन पर्यटनमन्त्री प्रदीप ज्ञवालीले २०६३ सालमा विमानस्थलको शिलान्यास गरेका थिए। ज्ञवालीकै पहलमा बजेट विनियोजन भएको थियो। २०७५ सालमा विमानस्थलमा ट्विनअटर विमानको परीक्षण उडान सफल भएको थियो। यो विमानस्थल गुल्मीको पहिचानसँग जोडिएको छ। रेसुंगा र रिडीको पर्यटन प्रवद्र्धनमा यसले महत्त्वपूर्ण भूमिका खेल्ने स्थानीयको अपेक्षा छ। गुल्मीसँगै अर्घाखाँची, प्यूठान, बागलुङ, पाल्पा र रोल्पाका नागरिक प्रत्यक्ष लाभान्वित हुने गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए। ‘स्वास्थ्य र शिक्षाका राम्रा संस्थाहरू भित्रिने छन्। पर्यटक बढ्छन्,’ उनले भने, ‘लगानीको ढोका खोल्नसमेत विमानस्थलले महत्त्वपूर्ण भुमिका खेल्ने अपेक्षा छ।’ 

९० प्रतिशत काम पूरा भइसकेको विमानस्थल आयोजना प्रमुख सञ्जीव खड्काले जानकारी दिए। ‘धावनमार्ग र टर्मिनल भवनको काम अन्तिम चरणमा छ,’ खड्काले भने, ‘बँकी काम केही दिनमै सक्छौं।’ कर्मचारी व्यवस्थापन र कार्यालय व्यवस्थापनको समेत तयारी भइरहेको उनले बताए। 

विमानस्थलको लम्बाइ ५ सय २० र चौडाइ २० मिटर छ। एकैपटक दुई जहाज पार्किङ गर्न मिल्ने पार्किङ एप्रोन बताइएको छ। १ सय ७८ रोपनीमा विमानस्थल फैलिएको छ।  निर्माणका क्रममा १४ परिवारलाई मुआब्जा दिएर स्थानान्तरण गरिएको छ। विमानस्थलमा २८ करोड रुपैयाँ खर्च भइसकेको खड्काले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.