एलन मस्कले युक्रेनलाई स्टारलिंकद्वारा इन्टरनेट दिने

एलन मस्कले युक्रेनलाई स्टारलिंकद्वारा इन्टरनेट दिने

किभ : स्पेस-एक्सका संस्थापक एलोन मस्कले युक्रेनमा सहयोगको हात अघि बढाएका छन्। रुसी आक्रमणले युक्रेनमा इन्टरनेट जडानमा समस्या निम्त्याएको छ। 

यस्तो अवस्थामा एलोन मस्कले युक्रेनमा स्टारलिंक स्याटेलाइट ब्रोडब्यान्ड सक्रिय गरेका छन्। 

युक्रेनका उपप्रधानमन्त्रीले इलोन मस्कलाई ट्वीटरमा ट्याग गर्दै देशमा स्टारलिङ्क स्याटेलाइट सेवा उपलब्ध गराउन अपिल गरेका थिए।

उनले लेखेका छन्, 'एलोन मस्क, तिमी मंगल ग्रहमा मानिस बसाउन खोज्दै छौ, रुसले युक्रेनलाई कब्जा गर्न खोजिरहेको छ! तिमीले सफलतापूर्वक अन्तरिक्षबाट रकेट अवतरण गर्छौ। तर यहाँ रुसी रकेटले युक्रेनका जनतामाथि आक्रमण गर्छ। युक्रेनलाई स्टारलिंक स्टेशन दिन अनुरोध गर्छु।' 

जवाफमा, मस्कले भने कि स्टारलिंक उपग्रहहरू युक्रेनमा तैनाथ गरिएको छ।

'स्टारलिंक' के हो?

‘स्टारलिङ्क’ मस्कको कम्पनी ‘स्पेस एक्स’ को एकाइ हो। यसले ‘लो अर्थ अर्बिट’ स्याटेलाइटमार्फत ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउँछ।

 यसको प्रयोग गरी कुनै पनि फाइबर अप्टिक, केबल वा टावर बिना इन्टरनेट जडान गर्न सकिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.