रुसी हमलाले किभको हावामा सास फेर्न गाह्रो : घरका झ्याल बन्द राख्न प्रशासनको अनुरोध

रुसी हमलाले किभको हावामा सास फेर्न गाह्रो : घरका झ्याल बन्द राख्न प्रशासनको अनुरोध

किभ: युक्रेनमा रूसको आक्रमणपछि राजधानी किभको बाहिरी भागमा रहेको भासिलकिभमा रहेको तेल भण्डारमा क्षति पुगेको छ।

किभ प्रशासनले डिपोमा आगो लागेको र यहाँबाट विषाक्त धुवाँ निस्किरहेको भन्दै सर्वसाधरणलाई आफ्नो घरका झ्याल बन्द गर्न आग्रह गरेको छ। तेल डिपोमा भएको आगलागीका यस्ता धेरै भिडियोहरु सामाजिक सञ्जालमा पोष्ट भएका छन् । 

भिडियोमा हावामा धुवाँको ठुलो मुस्लो उडिरहेको देखिन्छ ।

 यसअघि संयुक्त राष्ट्रसंघको मानवअधिकार उच्च अधिकारी (ओसीएचआर) ले उक्त हमलामा अहिलेसम्म युक्रेनका २ सय ४० जना हताहत भएको बताएका थिए। जसमध्ये कम्तीमा ६४ जनाको ज्यान गएको छ । बीबीसी

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.