भलिबलको उपाधी अर्घाखाँची बुलेटिनलाई

भलिबलको उपाधी अर्घाखाँची बुलेटिनलाई

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-८ किमडाडामा भएको प्रथम ईश्वरीप्रसाद भुसालस्मृति भलिबल कप प्रतियोगिताको उपाधी अर्घाखाँची बुलेटिनको टिमले जितेको छ। 

वडा नम्वर ८ का स्वर्गिय वडा अध्यक्ष ईश्वरीप्रसाद भुसालको सम्झनामा आयोजना गरिएको भलिबल खेलको आज भएको फाइनल खेलमा असुरकोट युवा सञ्जाललाई सोझो सेटमा हराउँदै अर्घाखाँची बुलेटिनको टिम प्रथम भएको हो। भलिबल प्रतियोगीतामा ९ टिमको सहभागिता रहेको थियो। 

प्रथम हुने अर्घाखाँची बुलेटिनको टिमले नगद ५० हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ। दोस्रो हुने असुरकोट युवा सञ्जालले ३० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ भने तेस्रो हुने प्रगतिशील युवा क्लब धारापानीले २० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। 

सन्धिखर्क ८ का कार्यवाहक वडा अध्यक्ष नारायण प्रसाद अर्यालको सभापतित्वमा सम्पन्न समापन तथा पुरस्कार वितरण समारोहमा सन्धिखर्क १२ का वडा अध्यक्ष नारायण खड्का, वडा सदस्यहरु देवी थापा, कमल पराजुली, कमला सुनार लगायतको उपस्थिति रहेको थियो। 

भलिबल खेलको शुक्रबार एक कार्यक्रमका बीच लुम्विनी प्रदेशका पूर्व कानून मन्त्री तथा प्रदेश सांसद चेतनारायण आचार्यले उद्धाटन गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.