‘ज्याभलिङ थ्रो’ अभ्यास गर्दा विद्यार्थी घाइते, अवस्था गम्भीर
फिदिम : राष्ट्रपति रनिङ शिल्डका लागि ‘ज्याभलिङ थ्रो’ अभ्यास गर्ने क्रममा सिद्धकाली उच्च माध्यमिक बिद्यालय फालेलुङ २ एकतिका एक विद्यार्थी गम्भीर घाइते भएका छन्।
कक्षा ४ मा अध्ययनरत १० वर्षीय अनुश राई घाइते भएका हुन्। उनको अवस्था गम्भीर भएको स्थानीय सुन्दर थोक्लिहाङले जानकारी दिए। ‘अनुश अहिले अचेत अवस्थामा छन्,’ थोक्लिहाङले भने,'ज्याभलिङ थ्रो’ को डन्डिले कन्चटमा लागेर उनी घाइते भएका हुन्।’
अचेत अवस्थामा रहेका अनुशलाई उपचारका लागि फिदिम पठाइएको छ। सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत एक विद्यार्थीले ‘ज्याभलिङ थ्रो’ को अभ्यास गर्दा अनुशको कन्चडमा लागेको बताइको छ।