प्रतिक र अञ्जली बने पहिलो सप्तरी कलेज आइकन

प्रतिक र अञ्जली बने पहिलो सप्तरी कलेज आइकन

राजविराज  ः प्रतिक साह र अञ्जली आनन्दलाई मिस्टर एण्ड मिस सप्तरी कलेज आइकनको उपाधि उचालेका छन्। शिवशंकर सिनेमा हलमा सम्पन्न ग्राण्ड फिनालेमा राजविराज नगरपालिका–८ का प्रतिकले शिर्ष उपाधिसहित मिस्टर कन्फिडेण्ट, पब्लिक च्वाइस र फोटोजेनिक उपाधिसमेत आफ्नो पक्षमा पारे।

यसैगरी राजविराज–६ की अञ्जलीले शिर्ष उपाधिसहित वेष्ट ग्लोविङ्ग स्किन उपाधि आफ्नो पक्षमा पारिन्। फाइनलमा कन्फिडेण्टको अवार्डसहित राजविराज–७ की आँचल यादवले फस्ट रनर अप बन्न सफल हुँदा सोही वडाकी ग्रसिका सुराना ब्यूटी विथ ब्रेन र ग्लामरस लुकसहित सेकेन्ड रनर अप भइन्। 

पुरुषतर्फ ओबिडिएण्टको उपाधिसहित तिलाठी कोइलाडी गाउँपालिकाका माधवमुकुन्द मिश्र फस्ट रनर अप र राजविराजका अफान फरहान मिस्टर ट्यालेण्टेड र बडी फिटनेससहित सेकेण्ड रनर अप भए। कलेज आइकनका विजेता र उपबिजेताहरूलाई भव्य समारोहबीच ताजसहित क्राउन, प्रमाणपत्र र उपहारसहित मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन घोषणा गरिएको छ।

रक्षा मिडिया हाउस प्रालि काठमाडौंको व्यवस्थापनमा लायन्स क्लब अफ राजविराज सिटीले सप्तरीमा पहिलो पटक कलेज आइकन आयोजना गरेको हो। सहभागीहरूको प्रतिभा, वाककला र व्यक्तित्व आदिका आधारमा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरेर मिस्टर एण्ड मिस सप्तरी कलेज आइकन भएको हो। 
यसअघि राजविराज जेसीजको आयोजनामा पहिलो पटक राजविराज लिटिल आइकन २०२१ सफलतापूर्वक भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.