तमलोपाको केन्द्रीय भेलाबाट अध्यक्षमा लाल
जनकपुरधाम : तराई मधेश लोकतान्त्रिक पार्टीको अध्यक्षमा वृषेश चन्द्र लाल चयन भएका छन्। केन्द्रीय समितिको पहिलो बैठकबाट विभिन्न ५ बुँदे प्रस्ताव पारित गर्दै तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय भेला सम्पन्न भएको हो।
भेलाबाट लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेका नेता वृशेषचन्द्र लाललाई तमलोपाको अध्यक्ष बनाइएको छ। त्यस्तै पार्टीको वरिष्ठ नेता तथा संविधानसभा सदस्य डा. विजय कुमार सिंह बनेका छन्।
पार्टीका संयोजक रविशंकर लाल कर्णको अध्यक्षतामा भएको भेलाबाट लालसहित ५५ सदस्यीय नयाँ कार्यसमिति समेत निर्माण गरिएको छ।
भेलामा पाँच प्रस्ताव समेत पेश गरिएको छ। प्रस्ताव १ पार्टीका केन्द्रीय सदस्य रामजी रायले प्रस्तुत गरेका छन् भने प्रस्ताव २ अञ्जना दत्त, प्रस्ताव ३ उमेश मण्डल, प्रस्ताव ४ दिलिप पाण्डे र प्रस्ताव ५ धुब्र प्रसाद साहले प्रस्तुत गरेका हुन्।