रुसी फौजद्वारा सबै दिशाबाट युक्रेनमा हमला

रुसी फौजद्वारा सबै दिशाबाट युक्रेनमा हमला

किभ : रुसी फौजले लगभग सबै दिशाबाट हमला गरिरहेको युक्रेनी सेनाले जनाएको छ। लडाइँबारे पछिल्लो विवरण दिँदै युक्रेनी सशस्त्र फौजका प्रमुखले लगभग सबै दिशाबाट रुसी फौजले हमला जारी राखेको बताएका हुन्। उनले आफ्नो सेनाका लागि आइतबार कठिन समय भएको फेजबुक पेजमा लेखेका छन्।

बीबीसीका अनुसार रुसी सेनाले आक्रमण गरे पनि खार्किभ युक्रेनी फौजकै नियन्त्रणमा रहेको त्यहाँका गभर्नरले बताएका छन्। बिहीबार रुसले अतिक्रमण गरेयता उसका ४,३०० सुरक्षाकर्मी मारिएको युक्रेनले दाबी गरेको छ। यद्यपि यसको पुष्टि हुन सकेको छैन।

युरोपेली सङ्घ ईयूले रुसी अतिक्रमणसँगै युक्रेनलाई अस्त्रहरू पठाउने अभूतपूर्ण कदम चालिरहेको छ। ईयूले रुसी विमानहरूलाई आफ्नो हवाई क्षेत्र भएर उड्नमा र रुसी सरकारी सञ्चारमाध्यममाथि पनि प्रतिबन्ध लगाउँदैछ।

युक्रेनमा रुसी अतिक्रमणलाई लिएर ईयूले आवश्यक कदमहरू चालिरहँदा सदस्य देशका आन्तरिक मामिला मन्त्रीहरूले सो सम्बन्धी प्रस्तावमा सहमति जनाएका हुन्। रुसले बिहीबार सैन्य कारबाही थालेयता युक्रेनबाट तीन लाख नागरिक भागेर आएको ईयूले जनाएको छ।

यसैबीच, पारमाणिक बललाई उच्च सतर्क अवस्थामा राख्ने रुसी कदमको संयुक्त राज्य अमेरिकाले निन्दा गरेको छ। रुसी राष्ट्रपतिले गरेको घोषणा अनावश्यक भएको भन्दै अमेरिकी अधिकारीहरूले त्यो उक्सासहटपूर्ण कदमले खतरनाक गल्तीहरू निम्त्याउन सक्ने बताएका छन्।

रुसी कदमपछि आणविक अस्त्रसम्बन्धी आफ्नो नीतिमा परिवर्तन आएको बारेमा बोल्न भने अमेरिकाले अस्वीकार गरेको छ। उत्तर एट्लान्टिक सन्धि सङ्गठनका उच्च अधिकारीहरूको रुसविरोधी आक्रामक वक्तव्यपछि पछिल्लो कदम चाल्न आफू बाध्य भएको पुटिनले दाबी गरेका छन्।

दशौं लाख बिटकोइन युक्रेनलाई सहयोग

क्रिप्टोकरेन्सी विज्ञहरूले अहिलेसम्म बेनामे चन्दादाताहरूले युक्रेनलाई कम्तीमा एक करोड ३७ लाख अमेरिकी डलर बराबर बिटकोइन चन्दा दिएको बताएका छन्। अध्ययनकर्ताहरूले युक्रेनी सरकार, गैरसरकारी संस्थाहरू र स्वयंसेवी समूहहरूले इन्टरनेटमा बिटकोइन ठेगाना हालेपछि ती सहयोग दिइएको बताएका छन्।

अहिलेसम्म ४,००० भन्दा बढी पटक चन्दा दिइएको र एक चन्दादाताले एउटा गैरसरकारी संस्थालाई ३० लाख अमेरिकी डलर बराबर बिटकोइन सहयोग दिएका छन्।

धेरैले भने ९५ अमेरिकी डलर वरपर चन्दा दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.