अब स्कूल जान साईकलमा सरर...

अब स्कूल जान साईकलमा सरर...

गुलरिया : गुलरिया नगरपालिका वडा नम्वर ८ मा अवस्थित महाकवि देवकोटा माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत छात्रा शिवानी यादव गुलरिया नगरपालिकाबाट साईकल पाएर खुशी छिन्। उनीसँगै साईकल लिन लाईनमा उभिएका सबै छात्राहरुको एउटै आवाज थियो अब समयमै विद्यालय पुगिन्छ। 

गुलरिया नगरपालिकाबाट साईकल पाएर धेरै खुशी लागेको छ। राम्रो भयो। गुलरिया नगरपालिका वडा नम्वर ७ निवासी छात्रा शिवानीले भनिन् सधै स्कूल जान ढिलो हुन्थ्यो। अब साईकलमै जान्छु। कहिले काँही त कक्षा नै छुट्थ्यो। साईकलले समय बचाई दिएको छ। बचेको समयमा गृहकार्य गर्न पनि भ्याईन्छ। गुलरिया नगरपालिकाले चालु आर्थिक वर्षमा नगरसभाबाट अनुमोदन गरी गतवर्षको एसईईमा उत्तिर्ण हुने सामुदायिक विद्यालयका छात्राहरुलाई साईकल प्रदान गर्ने निर्णय गरे अनुसार उनीहरुलाई साईकल उपलब्ध गरिएको हो।

गुलरिया नगरभित्रका ३ सय २ जना छात्राहरुलाई साईकल हस्तान्तर गर्ने हाम्रो तयारी छ। गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाले बताए। नगरको स्विकृत वार्षिक कार्यक्रम अन्र्तगत टेण्डर प्रतिस्पर्धामार्फत मूल्य अभिबृद्धि करसहित २२ लाख १८ हजार १९० रुपैयाको लागतमा ३ सय २ वटा साईकल खरिद गरेका हौं। प्रति साईकलको मुल्य भ्याटसहित ७ हजार ३४५ रुपैयाँ पर्न आएको छ। पहिलो चरणमा २ सय ५९ वटा साईकल हस्तान्तरण गरिसकेका छौं। बाँकी क्रमशः हस्तान्तरण गर्छौ।

अधिकृत देवकोटाले भने छात्राहरुको अध्ययनलाई वृद्धिगर्दै गुणस्तरिय शिक्षाको प्रर्वद्धनसहित छोरीलाई पनि नगरको समृद्ध नागरिक बनाउँदै छात्राहरुको शैक्षिक विकास गर्न नगरपालिकाले साईकल वितरण गरेको हो। साईकलको माध्ययमले छात्राहरुको विद्यालय पुग्ने समयमा एकरुपतासँगै उनीहरुको शैक्षिक स्तर उकासिने आशा लिएको गुलरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृतको भनाई छ।  

आर्थिक विपन्न भएका अभिभावकहरुका बालबालिकाहरु सामुदायिक विद्यालयमा पढ्ने भएकाले पनि संस्थागत विद्यालयबाट एसईई उत्तिर्ण भएकाहरु कार्यक्रममा नपरेको गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तीनाथ यादवले बताए। विद्यालयहरुले निवेदन संकलन गरे अनुसार हामीले साईकल उपलब्ध गराएका छौं। एसईई पास भई बर्दियामै उच्च शिक्षा अध्ययन गरीरहेका छात्राहरुले साईकल पाएका छन्। यसले छात्राहरुको हरेक कुराहरुमा उपलब्धी हुने हाम्रो बुझाई छ। नगरप्रमुख यादवले भने छात्राहरु समयमै विद्यालय पुग्ने अनि होमवर्कहरु पनि गर्नलाई समय पुग्ने आशा हामीले लिएका छौं। साईकल पाउन छुटेका छात्राहरुलाई थप निरन्तरता दिने उनले प्रष्ट्याए।  

गुलरिया नगरपालिका क्षेत्रमा ४७ वटा सामुदायिक विद्यालय र १३ वटा संस्थागत गरी ६० वटा विद्यालयहरु छन्। नगरका छात्राहरुको समस्या पहिचान गरी विद्यालय सम्म निर्धारित विद्यालय समयमै द्रुत रुपमा पुर्याउन सहयोग पुग्ने सेतुका रुपमा साईकललाई लिईएको गुलरिया नगरपालिकाका शिक्षा अधिकृत सतिश यादवले बताए। सामुदायिक विद्यालयहरुमा छोरीहरु पढाउने विपन्न अभिभावकहरुको भावनालाई साईकल कार्यक्रमले सम्बोधन गरेको छ। साईकल वितरणपछि शिक्षाको गुणस्तरमा सुधार हुने हाम्रो अपेक्षा छ यादवले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.