एमसीसीको विरोध गर्दै सिमरामा युवाको प्रदर्शन

एमसीसीको विरोध गर्दै सिमरामा युवाको प्रदर्शन

सिमरा : सरकारले संसदबाट अनुमोदन गराएको एमसीसीको विरोधमा स्थानीय युवाले सोमबार बिहान सिमरामा प्रदर्शन गरेका छन्। पथलैया-सिमरा सडकखण्डमा पर्ने हुलासमा स्थानीय युवाले टायर बालेर प्रदर्शन गरेका हुन्। 

युवाको प्रदर्शनका कारण उक्त सडकखण्डमा करिब एक घण्टा यातायात अवरुद्ध बनेको थियो। एमसीसीकै विरोधमा विप्लप नेतृत्वको नेकपासहित विभिन्न पार्टीले आवहान गरेको नेपाल बन्दले प्रभावित सडकमा गुडेका केही सवारीसाधन युवाको प्रर्दशनका कारण रोकिन पुगेका थिए। 

सडकमा टायर बालेर प्लेकार्डसहित सडकमा देखिएका युवाले एमसीसीले राष्ट्रको हित नगर्ने भन्दै सम्झौता पारित नगर्न माग राख्दै नाराबाजी गरेका थिए। व्याख्यात्मक घोषणासहित अनुमोदन गरिएको एमसीसी खारेज गर्न युवाहरुले सरकारसंग माग गरेका छन्। 

स्थानीय युवाको प्रदर्शनले अवरुद्ध सडक ईलाका प्रहरी कार्यालय सिमराका प्रहरीले खुलाएका थिए। अवरुद्ध सडक खुलाउन प्रहरीले हस्तक्षेप गर्ने देखिएपछि युवाहरुले सडक छाडेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.