२ लाख रुपैयाँको अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार घोषणा

२ लाख रुपैयाँको अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार घोषणा

पोखरा : नेपाली राष्ट्रियगानका संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानका संस्थापक कुलपति अम्बर गुरुङको सम्मानमा दुई लाख रुपौयाँ राशीको अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कारको पोखरामा आइतबार घोषणा भएको छ। 

पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसाँप)ले नेपाली गीत, संगीतका धरोहर अम्बर गुरुङको सम्मानमा अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार स्थापना गरेको हो। पुरस्कार आगामी वर्ष देखि प्रत्येक दुईदुई वर्षमा अर्पण गरिने पुरस्कार स्थापना समितिका संयोजक सरुभक्त श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी दिए। 

नेपाली गीत, संगीतको क्षेत्र गीत लेखन, गायन, संगीत, वाद्यबादनको कुनै एक क्षेत्रमा योगदान पुर्याउने मध्ये एक जनालाई छनौट गरी पुरस्कार पदान गरिने। श्रष्टा चोह देश भित्रको होस वा विदेशमा नेपाली गीत संगीतमा योगदान पु¥याएको आधारमा सम्मान गरिने सहसंयोजक तीर्थ श्रेष्ठले बताए। स्वर्गिय गुरुङलाई कालजयी र चीरस्थायी बनाउनकालागि उनको सम्मन स्वरुप पुरस्कार स्थापना गरिएको पपनि सहसंयोजक श्रेष्ठले बताए। 

२० लाखको अक्षयकोष मार्फत पुरस्कार सञ्चालन गरिने छ। अक्षयकोषमा हालसम्म करीब १० लाख रुपैयाँ संकलन भइसकेको र बाँकी रकम स्वेच्छिा आह्वान गरिएको समितिका संयोजक श्रेष्ठले जानकारी दिए। कोषको बिउपँुजीको रुपमा करीब तीन वर्ष अघि भेटरान ग्रुप हङकङले गायक तथा संगीतकार विक्रम गुरुङको ‘मेरो संगीत यात्रा’ कार्यक्रम आयोजना गरेको थियो।

हङकङमा आयोजित उक्त कार्यक्रमबाट वचत भएको रकम ५ लाख अम्बर गुरुङको नाममा पुरस्कार स्थापना गर्न यस परिवारलाई हस्तान्तरण गरिएको थियो। दुई वर्ष अघि पोखरेली मञ्च युकेले संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति सरुभक्तको ‘सिर्जनाको घेराभित्र सरुभक्त’ नामक कार्यक्रम  अयोजना गरेको थियो। उक्त कार्यक्रमबाट बचत भएको २ लाख पचाँस हजार पनि सोही कोशमा थपिएको थियो। हाल उक्त कोष वृद्धिका लागि विभिन्न व्यक्ति र संघसंस्थालाई सहयोग आह्वान गरिएको संयोजक श्रेष्ठले पत्रकार सम्मेलनमा बताए। 

अम्बर गुरुङको जन्म विसं १९९४ फागुन १५ गते बाबु उजीरसिंह गुरुङ र आमा रेणुका गुरुङका सुपुत्रका रूपमा भारतको दार्जिलिङमा भएको थियो। अम्बर गुरुङको पुर्ख्यौली घर तनहुँ जिल्ला भएको कार्यक्रममा बताइएको छ। संगीतकार गुरुङले कोलकातामा पहिलोपटक सन् १९६१मा ‘नौ लाख तारा उदाए’ भन्ने अगमसिंह गिरीले रचेको गीत रेकर्ड गरेका थिए। 

विसं. २०२६ मा संगीत विभागका प्रमुखका रूपमा गुरुङ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा प्रवेश गरेका थिए। उनले लक्ष्मीप्रसाद देवकोटाको गीति नाटक कुन्जिनी र मुनामदनमा संगीत संयोजन गरेका थिए। गुरुङले सत्यमोहन जोशीका चार नाटक लगायत माधव प्रसाद घिमिरेको मालतीमङ्गले नामको गीति नाटकमा समेत संगीत दिएका थिए। उनले चलचित्र मनको बाँध, जीवनरेखामा पार्श्व संगीत दिएका थिए। त्यस्तै आदिकवि भानुभक्त नामको वृतचित्रमा पनि पार्श्व संगीत र स्वर दिएका थिए।

पाँच दशकसम्म गीत-संगीतमा निरन्तर साधनारत रही सांगीतिक माध्यमद्वारा नेपाली कला र संस्कृतिको उत्थानमा सशक्त योगदान गरेका अम्बर गरुङको सम्मानार्थ यस परिवारले पुरस्कार स्थापना गर्ने उद्धेश्य अनुसार पुरस्कार घोषण गरिएको पोखरेली युवा सांस्कृतिक परिवार(पोयुसाँप) का अध्यक्ष मोती भूजेलले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.