रुसी सैनिकसँग लड्न लाटभियाले आफ्ना नागरिकलाई युक्रेन पठाउने, संसदबाट पारित गर्‍यो प्रस्ताव

रुसी सैनिकसँग लड्न लाटभियाले आफ्ना नागरिकलाई युक्रेन पठाउने, संसदबाट पारित गर्‍यो प्रस्ताव

काठमाडौं : युरोपको उत्तरपूर्वी देश लाटभियाले आफ्ना नागरिकलाई युक्रेनमा पठाउने प्रस्ताव संसदबाट सर्वसम्मत पारित गरेको छ।

युक्रेनका नागरिक र सैनिकसँगै रसिया आक्रमणविरुद्ध लड्न आफ्ना नागरिक पठाउने प्रस्तावमा सोमबार लाटभियाको संसदमा मतदान भएको थियो। संसदले सर्वसम्मत रुपमा आफ्ना नागरिकहरुलाई युक्रेनमा लड्न अनुमति दिने प्रस्ताव पारित गरेको हो। 

युक्रेनलाई समर्थन गर्ने, स्वतन्त्रता चाहने, लाटभियासहित साझा सुरक्षा स्वार्थको रक्षा गर्नका लागि युक्रेनमा सेवा गर्न चाहने स्वयंसेवक र नागरिकलाई समक्ष बनाउन संसदबाटै अनुमति दिएको संसदीय रक्षा, गृह मामिला र भ्रष्टाचार निवारण आयोगका अध्यक्ष जुरिस रान्कानिसले जानकारी दिए। 

आयोगले नै लाटभियाली नागरिकलाई युक्रेन जान पाउने कानुनको मस्यौदा तयार पारेको रोयटर्सले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.