सप्तरीमा वक्तृत्वकला प्रतियोगिता हुने

सप्तरीमा वक्तृत्वकला प्रतियोगिता हुने

राजविराज : सप्तरीमा सर्वाधिक राशीको जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ। सगरमाथा साहित्य परिषद्को संयोजनमा कञ्चनरुप नगरपालिकाले फागुन २५ गते सर्वाधिक राशीको जिल्लास्तरिय वक्तृत्वकला प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ।

राजविराजस्थित स्टार होटलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा परिषद्ले प्रतियोगिताबारे जानकारी गराउँदै सर्वोत्कृष्ट हुनेले ११ हजार रुपैयाँ नगदसहित प्रथम पुरस्कार र प्रमाणपत्र पाउने जानकारी दिएको छ। 

यसैगरी द्वितीय हुनेलाई ८ हजार रुपैयाँ र तृतीय हुनेलाई ५ हजार नगद रुपैयाँसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ। शान्तवना पुरस्कार २ जनाले जनही २/२ हजार र ५ जनाले जनही १/१ हजारका दरले समतामूलक शान्तवना पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगितामा जिल्लाभरीका सबै शिक्षण संस्थाको सिफारिसमा कक्षा ९–१२ अध्ययनरत माध्यमिक विद्यालय स्तरका १/१ छात्र र छात्रा सहभागी गराइने छ।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा ‘मेरो सोचाइ र रोजाइका बाआमा’, ‘मैले खोजेको र रोजेको शिक्षक’ तथा ‘म र मेरो मनोविज्ञान मैत्री विद्यालय’ शिर्षकमा व्यावहारिक वक्तृत्वकला हुने जनाइएको छ।

पत्रकार सम्मेलनमा उपस्थित कञ्चनरुप नगरपालिकाका नगरप्रमुख बसन्त मिश्रले आजका विद्यार्थीको मनोभाव बुझ्ने र शिक्षा क्षेत्रको विकासका लागि सुझावहरू संकलन गर्ने मनसायले प्रतियोगितात्मक कार्यक्रम गर्न लागिएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.