वाइसीएल केन्द्रीय स्वास्थ्य विभाग प्रमुख पौडेलको निधन

वाइसीएल केन्द्रीय स्वास्थ्य विभाग प्रमुख पौडेलको निधन

स्याङ्जा : फेदिखोला गाउँपालिका सर्केटारीका ३७ वर्षिय सुवास पौडेलको मृत्यु भएको छ। भालुपहाडमुनिको भिरबाट उनको मृत शरिरकाे उद्धार गरिएको हाे। मोटरसाइकलमा सवार पौडेल फेदिँखोला गाउँपालिका र पुतलीबजार नगरपालिकाको संगमस्थलस्थित भालुपहाडबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीकाे अनुमान छ।

प्रहरी निरीक्षक पदमबहादुर थापाका अनुसार पौडेलको मृत शरिर राजमार्गदेखि करिब ७० मिटर तल र मोटरसाइकल झण्डै एक सय २० मिटर तल सेतीखोला नजिक थियो। नेकपा माओवादी केन्द्र निकट वाइसीएलका नेतासमेत रहेका पौडेल शुक्रबार साँझ स्याङ्जाबाट घरतर्फ जाँदै गरेको बताइएको छ। 

वाइसीएल केन्द्रीय स्वास्थ्य विभाग प्रमुखसमेत रहेका उनी स्याङ्जा सदरमुकाममा शुक्रबार आयोजित बैठक सकेर घर फर्कदै गर्दा सिद्धार्थ राजमार्गदेखि तल खसेका प्रहरीको भनाई छ। 

झण्डै ७० मीटर तल पौडेलको मृत शरिर र करिब १ सय २० मीटर तल ग ११ प १४५० नम्बरको मोटरसाईकल जीर्ण अवस्थामा भेटिएको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए। 

थापाका अनुसार, ‘सो दिन साँझ पानी परेको थियो। साँझ घर नपुगेपछि परिवारले प्रहरीलाई खोजी गरिदिन आग्रह गरेपछि खोजी गर्दा शनिबार भालुपहाड मुनिको भिरमा उनको मृत शरिर र मोटरसाइकल भेटियो।’ 

कास्की प्रहरीबाट आएका रेस्क्यू टोली र स्याङ्जा प्रहरीलेले मृत शरिर उद्धार गरेर पोष्टमार्टमका लागि अस्पताल पठाए। राजमार्गमा खाल्डाखुल्डी र ढुंगा माटाले भरिएका छन्। साँझको समय, ठूलो पानी परेपछि राजमार्ग चिप्लो हुदाँ राजमार्गवाट भालुपहाडको तल्लो भाग भिरबाट खसेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। 

थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेकाे छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.