मुस्ताङको धार्मिक इतिहास पछ्याउँदै तिब्बती भाषाविद् पराजुली

मुस्ताङको धार्मिक इतिहास पछ्याउँदै तिब्बती भाषाविद् पराजुली

जोमसोम : संस्कृत र तिब्बती भाषा पढ्न र लेख्न जानेका व्यक्तिलाई तिब्बती भाषामा 'लोचाबा' भनिन्छ। पण्डितले संस्कृत र बौद्ध भिक्षुहरुले तिब्बती भाषा जानेका हुन्छन्। तर तिब्बती र सस्कृत दुबै भाषा जान्ने ब्यक्ति सायदै कमै छन्। तिब्बती भाषामा लेखिएका पुस्तकलाई नेपालीमा सहज अनुवाद गर्ने व्यक्ति हुन् पुण्यप्रसाद पराजुली। जसले तिब्बती भाषामा लेखिएका पुस्तकहरु नेपालीमा अनुवाद गर्ने काम गर्छन।

तिब्बती भाषा, संस्कृत भाषा र नेपाली भाषाका दख्खल राख्दै आईरहेका भाषाविद पुण्यप्रसाद पराजुली काठमाडौंको बौद्धमा बस्छन्। उनले हालसम्म तिब्बती भाषामा लेखिएका ५१ वटा पुस्तक नेपालीमा अनुवाद गरिसकेका छन्। उनले हेलम्बु र खुम्बोको बारेमा तिब्बती भाषामा लेखिएका धेरै पुस्तक नेपालीमा अनुवाद गरिसकेका छन्।

पछिल्लो समय उनी मुस्ताङसंग जोडिएको धार्मिक पुस्तक प्रकाशनको अन्तिम तयारी छन्। सोमबार तिब्बती भाषा विद् पराजुली राष्ट्रिय योजना आयोगको टोलीसंगै मुस्ताङ आईपुगे। राष्ट्रिय योजना आयोगले मुस्ताङ जिल्लामा एक हजार वर्ष पुराना गुम्बाहरुको सम्भाव्यता अध्ययन, अवलोकन र स्तरोन्नति गर्ने र त्यस्ता पुरातात्तिक महत्वका धार्मिक गुम्बाहरुमा सडकको पहुँच जोड्दै धार्मिक पर्यटन प्रर्वद्धन गर्ने योजना बनाएकाले सोही क्रममा भाषा विद पराजुली मुस्ताङ आएका हुन्।

मुस्ताङको लोघेरक दामोदरकुण्ड गाउँपालिका-१ चराङ छोदे गुम्बाका लामा टसी तेन्जिङका तिब्बती भाषामा लेखिएको दुई वटा पुस्तकलाई नेपाली भाषामा अनुवाद गर्ने क्रममा फाईनलका लागि मुस्ताङ आएका हुन्। उनले विश्व भाषा क्याम्पसमा दुई वर्ष तिब्बती भाषाको अध्ययन÷अध्यापन गराईसकेका छन्। अहिले उनी अमेरिकन विश्व विद्यालयका बिद्यार्थीहरुलाई बोध गयामा जम्मा गराएर तिब्बती भाषामा प्रशिक्षण दिने गर्छन्। यसअघि उनले लुम्बिनी विश्व विद्यालयमा तिब्बती भाषा पढाउने गर्थे।

तिब्बती भाषा विज्ञ पराजुलीले मुस्ताङमा समग्र मुस्ताङको धार्मिक संस्कृतिको ईतिहास समेटिएको पुस्तक नेपालीमा अनुवाद गर्ने क्रममा छन्। उनले झन्डै ४ सय पृष्ठ लामो पुस्तक नेपालीमा अनुवाद गर्न लागेका हुन्। सम्भवत पुस्तकको नाम मुस्ताङको धार्मिक तथा सांस्कृतिक ईतिहास नाम दिई पुस्तक सार्वजनिक गर्ने अन्तिम तयारीमा छन्। उनले उक्त पुस्तक ९५ प्रतिशत अनुवाद भईसकेको र अन्तिमरुप दिन बाँकी रहेको बताउँछन्। उनको यो पुस्तक तिब्बती भाषाबाट अनुवादित ५२ औं पुस्तक हुने जानकारी दिएका छन्।

तिब्बती भाषा विद् पराजुली पहिलो पटक सन् १९८९ मा मुस्ताङ आएका थिए। त्यससमय उनले लोघेकर दामोदरकुण्ड-१ को घार गुम्बामा कालचक्र(वाङ) लिने क्रममा जोपिटेसन रिर्पोछेसंग आएका थिए। यो गुम्बा विश्वकै पहिलो र पुरानो गुम्बा दावी गरिएको छ। त्यसैक्रममा उनी उपल्लो मुस्ताङको लोमान्थाङमा पुगे। त्यहाँ उनले सदिंयौ वर्ष पुराना गुम्बाहरु देखे। पुराना गुम्बाहरु देखेका पराजुलीले त्यसको ईतिहास खोतल्न चाहे। त्यसै क्रममा उनको भेट छोदे गुम्बाका प्रतिष्ठित खेम्पो टसी तेन्जिङसंग भयो। त्यहाँ उनले लोघेकर के हो?, मुस्ताङमा कहिलेबाट गुम्बाहरु स्थापना भयो?, पद्यसम्भव किन र कसरी मुस्ताङ आईपुगे? भन्ने ईतिहास बुझ्न खेम्पो तेन्जिङको सहयोग लिन पुगे। छोदे गुम्बाका खेम्पो तेन्जिङले यसबारे दुई वटा पुस्तक तिब्बती भाषामा लेखिसकेका थिए। जसमध्ये एउटा प्रकाशन भएको र अर्को प्रकाशन नभएको पुस्तक थियो। खेम्पोले प्रकाशित भएको तिब्बती भाषाको पुस्तक पराजुलीले पाए भने अर्को पुस्तक खेम्पोको निधनपछि उनका शिष्यहरुबाट प्राप्त गरे। झन्डै ५ सय ५० पृष्ठ लामो तिब्बती भाषाको पुस्तकलाई उनले सम्पादन गरी नेपालीमा अनुवाद गर्न लागेका हुन्। 

पछिल्लो अनुवादित पुस्तकबारे तिब्बती भाषा विद पराजुलीले ३ भागमा समेटिएको जानकारी दिए। उनका अनुसार मुस्ताङको समग्र धार्मिक ईतिहास समेटिएको पुस्तकको पहिलो भागमा उपल्लो मुस्ताङ (लोछोदिन), दोश्रो मुस्ताङको मध्यभागको वारागुङ मुक्तिक्षेत्रको मुक्तिनाथ र तेश्रो भाग तल्लोक्षेत्रको लो मे अर्थात तल्लो मुस्ताङ नाम दिई पुस्तक अनुवाद गरिरहेको बताए। यसअघि मुस्ताङको बारेमा तिब्बती लेखकहरुले पुस्तक लेखेको भएपनि मुस्ताङ जिल्लामै जन्मिएर हुर्किएको खेम्पो तेन्ङिजको पुस्तकलाई आधार बनाएर पुस्तक अनुवाद गरेको उनले जनाए।

पराजुलीको अनुवादित पुस्तकमा पद्यसम्भवको ईतिहास र मुस्ताङमा गुम्बा स्थापना र त्यसको व्यवस्थापन कसरी भईरहेको छ भन्ने उल्लेख गरिएको छ। उनले हिमालको काखमा तपस्या गरेका पद्यसम्भवको गुरुसाङ्वो गुफा, पद्यसम्भवको पाँच देन अर्थात पाँच रत्न राखिएको कुछ्प तेरङ्गा गुम्बा, मार्फा र टुकुचे लगायतका गुम्बाहरुको बारेमा समेत पुस्तकले समेट्न खोजेको उनी बताउछन्।

मुस्ताङका बारेमा समेटिएको पुस्तक अनुवाद गर्ने क्रममा उनले डब्लुडब्लु एफका निर्देशक डा घनश्याम गुरुङकोसमेत सहयोग लिएको तिब्बती भाषा विद पराजुलीले बताए। यसका अलावा उनले मुस्ताङका सम्बन्धीत क्षेत्रका बिज्ञहरुको पनि सहयोग लिएको उल्लेख गरे। उनले चालु वर्षभित्रै पुस्तक सार्वजनिक हुने बताए। भाषा विद पराजुली भन्छन् ‘मुस्ताङ जिल्ला तिब्बती कलासंस्कृति र धार्मिक तथा सास्कृतिक सम्भयताले महत्वपूर्ण जिल्ला रहेको बताए। यस्ता सम्पदाहरुको संरक्षण र प्रचार/प्रसार गर्न सके धार्मिक पर्यटक वृद्धि हुने दावी गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.