एमसीसीविरुद्धको प्रदर्शन नियन्त्रण बाहिर, पार्टी कार्यालयमा तोडफोड

एमसीसीविरुद्धको प्रदर्शन नियन्त्रण बाहिर, पार्टी कार्यालयमा तोडफोड

सुर्खेत: अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन गरिएको विरोधमा भएको प्रदर्शनले वीरेन्द्रनगर तनावग्रस्त बनेको छ। प्रदर्शन नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले सोमबार साँझबाट वीरेन्द्रनगरमा कर्फ्यु आदेश जारी गरेको छ। प्रदर्शनकारीले जिल्लास्थित राजनीतिक दलका कार्यालय र प्रहरी बिटहरुमा तोडफोड र आगजनी गर्न थालेपछि कफ्र्यु लगाइएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले गरेको एमसीसीको विरोधमा गरेको बन्दका क्रममा सोमबार दिनभर वीरेन्द्रनगर तनावग्रस्त बन्यो। दिनभर प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडप भएको छ। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास प्रहार गरेको थियो। तर सोमबार साँझबाट प्रदर्शन थप चर्किएको थियो। प्रदर्शनकारीले नेपाली काँग्रेस, एमाले र माओवादीका जिल्ला कार्यालयहरुमा तोडफोड गरेका छन्। दलका पार्टी कार्यालयहरुमा आगजनीको प्रयास पनि भएको छ। यद्यपि सुरक्षाकर्मीले आगजनी नियन्त्रणमा लिएका छन्।

प्रदर्शनकारीले मंगलगढीमा रहेको प्रहरी बिट जलाएका छन्। दलका कार्यालयमा आगजनी तथा तोडफोड हुन थालेपछि स्थानीय प्रशासनले सोमबार बेलुकी सवा ८ बजेदेखि मंगलबार साँझ ७ बजे सम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो। प्रदर्शन नियन्त्रण बाहिर गएको र तोडफोड हुन थालेपछि जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालयका अनुसार वीरेन्द्रनगरको पूर्वमा धुलियाबिट, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा लाटीकोइलीको शिव मन्दिर क्षेत्रसम्म कर्फ्यू लगाएको छ।

सोमबार बिहानबाट नै सुर्खेतको सदरमुकाम वीरेन्द्रनगरका सडकमा प्रदर्शनकारीले नाराबाजी सुरु गरेका थिए। साथै उनीहरुले सडकमा टायर बालेर विरोध प्रदर्शन गरेका थिए। प्रदर्शनकारीले कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेका पार्टी कार्यालयहरुमा तोडफोड र आगजनी गर्न थालेपछि सुरक्षाकर्मीले रोक्ने प्रयास गरेका थिए। बन्दकर्ता दलहरुले नै प्रदर्शनकारीलाई सम्हाल्न नसकेपछि भीड नियन्त्रण बाहिर गएको हो।

भीड तोडफोड र आगजनीमा उत्रिएपछि सुरक्षाकर्मीले स्थितिलाई नियन्त्रणमा लिन नसक्ने अवस्था आएको हो। नेतृत्वविहीन बनेको भीड र प्रदर्शन उग्र बनेपछि स्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले कफ्र्यू लगाउनु परेको जनाएको छ। यसैबीच वीरेन्द्रनगरबाट दर्जनभन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन्। तोडफोड र आगजनीमा संलग्न उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रदर्शनमा बालबालिका र अधिकांश ३० वर्षमुनिका युवायुवतीहरु पनि सहभागी छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.