युक्रेन भन्छ : यो युद्ध हामी जित्छौं, न आत्मसमर्पण गर्छौँ न झुक्छौँ

युक्रेन भन्छ : यो युद्ध हामी जित्छौं, न आत्मसमर्पण गर्छौँ न झुक्छौँ

किभ : स्याटेलाइट इमेजरी कम्पनी म्याक्सार टेक्नोलोजीका अनुसार यसअघि रुसी सैनिकको लाइन युक्रेनतर्फ २७ किलोमिटर लामो थियो, जुन अहिले बढेर ६० किलोमिटर पुगेको जनाएको छ ।

 म्याक्सरका अनुसार दक्षिणी बेलारुसमा पनि रुसी सेना र हेलिकप्टर उपस्थित छन्। यो युक्रेनी सीमाबाट मात्र २०किलोमिटर टाढा पर्छ।

यसैबीच युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले सीएनबीसीलाई दिएको अन्तर्वार्तामा आफ्नो देशले आत्मसमर्पण नगर्ने बताएका छन् । कुलेबाले भने, ‘युक्रेन कूटनीतिक समाधानका लागि तयार छ, तर हामी न त आत्मसमर्पण गर्छौँ न झुक्नेछौँ।’ 

वार्ता कहिलेसम्म चल्ने हो थाहा नभएको कुलेवाले बताए । उनले यो युद्धमा युक्रेनले जित्ने बताए ।

कुलेबाले सीएनबीसीलाई दिएको अन्तर्वार्तामा भने, ‘म कूटनीतिज्ञ हुँ र वार्ताको सफलतामा म विश्वस्त छु । तर एक कूटनीतिज्ञको हैसियतमा मेरो उद्देश्य रुसमाथि अधिकतम प्रतिबन्ध लगाउनु पनि हो। युक्रेनले धेरै भन्दा धेरै हतियार ल्याउनु पर्छ र रुसलाई अन्तर्राष्ट्रिय स्तरमा एक्लो पार्नु पर्छ। यो मेरो कूटनीतिको महत्वपूर्ण भाग हो।'

रुसले युक्रेनमा जमिन र आकाश दुवैबाट आक्रमण सुरु गरेको छ । रिपोर्टसका अनुसार रुसले धेरै ठूला सहरलाई निशाना बनाएको छ । आक्रमणका कारण युक्रेनका जनता आफ्नो ज्यान बचाउन पूर्वी युरोपका देशहरूमा भागिरहेका छन् । पश्चिमा राष्ट्रहरुले रुसमाथि लगातार प्रतिबन्ध लगाएका छन् । सोमबार रुसको मुद्रा रुबल प्रतिबन्धका कारण अमेरिकी डलरको तुलनामा २९ प्रतिशतले घटेको छ ।


पुटिनका कारण रुसका आम जनताले सास्ती भोग्नुपरेको कुलेवाले बताए । कुलेबाले हरेक रुसी रुबलमा युक्रेनीको रगत दलिएको बताए । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.