युद्धमा ५ हजार बढी रुसी सैनिक मारेको युक्रेनको दाबी

युद्धमा ५ हजार बढी रुसी सैनिक मारेको युक्रेनको दाबी

किभ : युक्रेनको रक्षा मन्त्रालयले आफ्नो देशको सेनाले हालसम्म ५ हजार रुसी सैनिक मारेको दावी गरेको छ। युक्रेनी अधिकारीहरूले फेसबुक पोस्टमा पछिल्लो चार दिनको लडाईमा ५ हजार ३ सय रूसी सैनिक मारेको बताएका हुन्। 

दाबीअनुसार १९१ रुसी ट्याङ्कर, २९ लडाकू विमान, २९ हेलिकप्टर र सैनिक बोकेका ८१६ सशस्त्र सवारी साधन ध्वस्त भएका छन् ।  युक्रेनमा रुसको आक्रमणको पाँचौं दिन पनि देशका धेरै सहर उच्च सतर्कतामा रहेका छन् ।

युक्रेनी सेनाले सोमबार रुसी सेनाले राजधानीको बाहिरी भागमा आक्रमण गर्ने धेरै प्रयास गरे पनि उनीहरूले कब्जा गर्न नसकेको बताए।

रूसी सेनाको ठूलो समुह युक्रेनको राजधानी किभतर्फ बढिरहेको बीबीसीमा समाचार छ। स्याटेलाइट तस्बिरहरूमा रुसी सेनाका गाडीहरुको लाइन देख्न सकिन्छ। 

यी तस्बिरहरू सोमबार दिउँसो युक्रेनमा खिचिएका थिए। तस्बिरमा रुसी सेना राजधानी किभबाट २७ किलोमिटर टाढा एन्टोनोभ एयरपोर्ट नजिक पुगेको स्पष्ट देखिन्छ ।

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.