श्रीलंकामा बुम बोक्थिन् ज्याकलिन

श्रीलंकामा बुम बोक्थिन् ज्याकलिन

मुम्बई : पछिल्लो समय बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज चर्चामा छिन्। ‘महाठग’को उपमा पाएका सुकेश चन्द्रशेखरसँग नाम जोडिएदेखि ज्याकलिन चर्चामा आएकी हुन्। दुई सय करोड ठगीका आरोपी सुकेशसँग नाम जोडिएपछि भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले ज्याकलिनमाथि मनि लन्ड्रिङको मुद्दा चलाउनुका साथै भारत छाड्नसमेत प्रतिबन्ध लगाएको छ। 

यो मुद्दा सतहमा आएपछि ज्याकलिन र सुकेशबीच प्रेम सम्बन्ध रहेको चर्चा पनि चलेको थियो। यसबीचमा सुकेशले करोडौं मूल्यका महंगा उपहार ज्याकलिनलाई दिएको र ज्याकलिन र सुकेशबीचको गोप्य तस्बिर पनि बाहिरिएको थियो। सुकेशको निसानामा ज्याक्लिन फर्नान्डिज, नोरा फतेहीसँगै सारा अलि खान, जान्ह्वी कपुर र भूमि पेडनेकर पनि परेको ईडीको अनुसन्धानबाट खुलेको थियो। सुकेशका कम्पनीका सीईओ पिंकी इरानीइरानीले आफू मेकअप आर्टिस्ट भएको बताउँदै ज्याकलिनसँग सम्पर्क गरेकी थिइन्। त्यसपछि सुकेशसँग ज्याकलिनलाई भेट गराएकी थिइन्। सुकेशले ज्याकलिनलाई महंगा ब्याग, घडी, जुत्तालगायत महंगा उपहारका लागि १० करोड भारु खर्चिएको जनाइएको छ।

श्रीलंकाकी ज्याकलिनले छोटो समयमै बलिउडमा आफूलाई स्थापित गरेकी छन्। सन् २००६ को मिस युनिभर्स श्रीलंकाको उपाधि जितेकी उनी चर्चित मोडल पनि हुन्। सन् २००९ मा ‘अदालिन’बाट उनले रंगीन दुनियामा पाइला राखेकी हुन्। त्यसपछि उनले बलिउडमा ‘इन्ट्री’ गरिन्। 

ज्याकलिनले सिड्नी विश्वविद्यालयबाट पत्रकारितामा स्नातक गरेकी छन्। अस्ट्रेलियनमा पत्रकारिता अध्ययन गरेर श्रीलंका फर्किएकी उनले टेलिभिजन पत्रकारका रुपमा काम गरेकी थिइन्। केही समय पत्रकारिता गरेपछि उनको पाइला मोडलिङमा मोडिएको थियो। मोडलिङपछि उनले ठूलो पर्दाको चलचित्रका साथै टेलिभिजन कार्यक्रममा पनि काम गरेकी छन्। ‘झलक दिखला जा’को सिजन–९ मा उनले निर्णायकको भूमिका निर्वाह गरेकी थिइन्। ३६ वर्षीया ज्याकलिनले थुप्रै म्युजिक भिडियोमा पनि काम गरेकी छन्। सुकेशसँग नाम जोडिएपछि लामो समय तनावमा परेकी ज्याकलिन अक्षयकुमारका साथ ‘बच्चन पाण्डे’, ‘राम शेतु’ र रणवीर सिंहसँग ‘सर्कस’मा देखिँदै छिन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.