जुँगे महादेवमा कोरोनापछिको उल्लासमय शिवरात्रि(तस्बिरसहित)
नेपालगन्ज : कोरोना कहरपछि पहिलो पटक नेपालको एक मात्र जुँगे महादेवको मन्दिरमा उल्लासमयरुपमा शिवरात्रि पर्व मनाइएको छ।
बाँकेको नेपालगन्ज उपमहानगरपालिका-२ मा पर्ने पश्चिम नेपालको शक्तिपीठ बागेश्वरी मन्दिर परिसरमा तलाउको बीचमा रहेको जुँगे महादेवको मन्दिरमा दर्शन गर्नका लागि बिहानैदेखि भक्तजनहरुको लाइन लागेको थियो। बागेश्वरी मन्दिरमा दर्शनार्थीको घुँइचो छ।
कोरोना कहरपछि यतिको उल्लासमयरुपमा शिवरात्रि मनाइएको यो पहिलो पटक हो।