शिवरात्रिको अवसरमा हिन्दु–मुस्लिम मिलेर सुरु गरे अष्टजाम
विराटनगर : जातिय सद्भाव कायमराख्न हिन्दु र मुस्लिम समुदायका ब्यापारीहरुले अष्टजाम सुरु गरेका छन्। प्रदेश १को राजधानी विराटनगर महानगरपालिका ११ स्थित गुद्धि बजारमा ७२ घण्टे अष्टजाम सुरु गरेका हुन्। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्रिको अवसरमा हिन्दु र मुस्लिम समुदाय मिलेर सुरु गरेको अष्टजाम मुलुकमा धार्मिक र जातिय सद्भाव कायम गर्ने प्रमुख उदेश्य राखिएको छ।
मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको बेला धार्मीकरुपमा समाज एक भएको सन्देश दिन हिन्दुमुस्लिम मिलेर ७२ घण्टे अष्टजाम सुरु गरेको सब्जी फलफूल तथा गुद्धी बजार व्यवस्थापन समितिका सल्लाहकार साहेव अहमद गुडडु मियाले जानकारी दिए।
विराटनगर ११ स्थित रहेको सब्जी फलफुल तथा गुद्धी बजा व्यवस्थापन समितिको अगुवाईमा प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशी मध्यरातमा पर्ने दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवलाई खुसि पार्ने विशेष दिन भएकाले राजनीतिक फाइदा लिने गरी गरिने धार्मिक मतभेद हुन नदिन हिन्दु मुस्लिम मिलेर अष्टजाम सुरु गरेको उनले बताए।
अष्टजाममा लाग्ने खर्च गुद्धीका व्यापारीहरुबाट संकल्न गर्ने गरेको बताईएको छ।