वीरेन्द्रनगरमा कर्फ्यू हट्यो, ३ स्थानमा निषेधाज्ञा जारी

वीरेन्द्रनगरमा कर्फ्यू हट्यो, ३ स्थानमा निषेधाज्ञा जारी

सुर्खेत : वीरेन्द्रनगरमा जारी कर्फ्यू हटाइएको छ। सोमबार रातिबाट लगाइएको कर्फ्यू मंगलबार साँझ ७ बजेबाट लागू हुनेगरी हटाइएको हो। यद्यपि वीरेन्द्रनगरका विभिन्न तीन स्थानमा भने निषेधाज्ञा जारी गरिएको छ। अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गरिएको विरोधमा भएको प्रदर्शन उग्र बनेपछि वीरेन्द्रनगरमा कर्फ्यू लगाइएको थियो।

प्रदर्शन नियन्त्रण बाहिर गएपछि स्थानीय प्रशासनले सोमबार साँझबाट वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको थियो। प्रदर्शनकारीले सोमबार जिल्लास्थित राजनीतिक दलका कार्यालय र प्रहरी बिटहरुमा तोडफोड र आगजनी गर्न थालेपछि कफ्र्यु जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको थियो। कर्फ्यूका कारण मंगलबार वीरेन्द्रनगर सुनसान बन्यो। मंगलबार अप्रिय घटना नभएको र प्रदर्शन पनि नभएपछि कर्फ्यू हटाइएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए।

 उनका अनुसार वीरेन्द्रनगरमा प्रदर्शन बढी भएका र संवेदनशील क्षेत्रहरुमा भने निषेधाज्ञा जारी गरिएको छ। वीरेन्द्रनगरका यरीचोक, मंगलगढी चोक र हटियालाइन क्षेत्रमा मंगलबार साँझ ७ बजेबाट लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको हो। ती क्षेत्रमा अर्को निर्णय नहुँदासम्म पाँच जनाभन्दा बढी मानिसहरु भेला हुन, प्रदर्शन गर्न, सभा तथा जुलुस आयोजना गर्न रोक लगाइएको छ। सोमबार सबैभन्दा बढी प्रदर्शन र तोडफोड भएका क्षेत्रहरुमा निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ। हटियालाइन क्षेत्रमा राजनीतिक दलका जिल्ला कार्यालयहरु छन्। पार्टी कार्यालयहरुमा हुनसक्ने सम्भावित घटना रोक्न उक्त क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। यस्तै यरीचोक र मंगलगढी चोकमा प्रदर्शन हुन सक्ने आकंलन गर्दै त्यहाँ पनि निषेधाज्ञा जारी गरिएको छ।  

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित ६ दलले एमसीसीको विरोधमा गरेको बन्दका क्रममा सोमबार दिनभर वीरेन्द्रनगर तनावग्रस्त बनेको थियो। प्रदर्शनकारीले नेपाली का‌‌‌ग्रेस, एमाले र माओवादीका जिल्ला कार्यालयहरुमा तोडफोड गर्दै पार्टी कार्यालयहरुमा आगजनीको प्रयास गरेका थिए। दलका कार्यालयमा आगजनी तथा तोडफोड हुन थालेपछि स्थानीय प्रशासनले सोमबार बेलुकीबाट कर्फ्यू आदेश जारी गरेको थियो। मंगलबार पनि कर्फ्यू आदेशको अवज्ञा गर्ने केही व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.