महाशिवरात्रि : खटिए १० हजार सुरक्षाकर्मी

महाशिवरात्रि : खटिए १० हजार सुरक्षाकर्मी

काठमाडौं : यस वर्ष दर्शनार्थीको सुरक्षाका लागि पशुपति क्षेत्रमा १० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो। पाँच हजार नेपाल प्रहरी, तीन हजार ५ सय सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका समेत गरेर करिब १० हजार सुरक्षाकर्मी पशुपति क्षेत्रमा परिचालन गरिएको जिल्ला प्रसासन कार्यालय काठमाडौंका सूचना अधिकारी दीपक पौडेलले जानकारी दिए।

महानगरीय प्रहरी परिसर काठमाडांैका प्रवक्ता दिनेशराज मैनालीका अनुसार महाशिवरात्रीमा हुने भत्तजनको भीड व्यवस्थापन गर्न ४ हजार ३ सय नेपाल प्रहरी खटिए। यसमा एक हजार बढी महिला प्रहरी समावेश थिए। शान्ति सुरक्षा अमनचयन कायम गर्ने, व्रतालु भत्तजनलाई सरलता, सहज तरिकाले दर्शन गराउने कार्यमा नेपाल प्रहरी परिचालन गरिएको हो। 

मैनाली भन्छन्, ‘नेपाल प्रहरीको कमाण्ड पोष्टअन्तर्गत १६ गते साँझदेखि नै प्रहरी परिचालन गरियो। एसपी र एसएसपीको कमाण्डमा ११ वटा सवपोष्टमा ९ सय जनाको सिफ्टका दरले प्रहरी परिचालन गरिएको छ।’ शिवरात्री पूर्व नै मन्दिरको सुरक्षा व्यवस्थापन चुस्त पारिएको नेपाल प्रहरीका प्रवक्ता विष्णुकुमार केसीले बताए। उनका अनुसार शान्त र भव्य रूपमा मन्दिरमा मेला लगाउन शनिबारबाटै प्रहरी परिचालन गरिएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौं र मेट्रो प्रहरीको कमान्डमा ठूलो मात्रामा नेपाल प्रहरी भक्तजनको सुरक्षाका लागि खटिएका थिए। 

महाशिवरात्रिमा भक्तजनले शिवजीको प्रसाद भन्दै गाँजा, भाङ, चरेसको सेवन गर्ने गरेका छन्। यसलाई रोक्न पनि प्रहरीको फरक समुह खटिएको प्रवक्ता केसीले बताए। यस पटक यस्ता गतिविधि नभई महाशिवरात्री शान्त तवरले सम्पन्न भएको केसीले जानकारी दिए। उनी भन्छन्, महाशिवरात्री शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ। भीडभाडका कारण पूजाआजाका लागि भत्तजनले लामो लाइन लाग्नु परेको गुनासो मात्रै आयो। मन्दिरको चारैतिर लाइन बनाएर व्यवस्थीत रुपमा पूजा गर्न सकिने वातावरण बनाउन सुरक्षाकर्मी नै परिचालित बन्यो। 

पुलको पर्खाल भत्किँदा दुई घाइते
दर्शनार्थीको चाप बढ्दा मंगलबार राति आर्यघाट छेउको पुलको पर्खाल भत्किएको छ। दक्षिणतर्फ रहेको पुलको उत्तरतिरको भाग भत्किँदा दुई जना घाइते भएका छन्। काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी सुदीप गिरीका अनुसार पर्खाल भत्किँदा पानीमा खसेकामध्ये ३० वर्षीय राजन ओलीलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल लगिएको छ।

सनाखत नखुलेका एक घाइते सामान्य उपचारपछि घर फर्किए। ‘पुल जीर्ण थियो, त्यता नजान सचेत गरिएको थियो तर पनि भत्कियो’, उनले भने, ‘तर प्रहरी नजिकै भएकाले धेरै क्षति हुन पाएन।’ काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीका अनुसार शिवरात्रिको दिन मंगलबार १० लाख बढी दर्शनार्थी पशुपति आएको अनुमान गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.