बाइडेनद्वारा पुटिनलाई चेतावनी : तानाशाहको मूल्य चुकाउनुपर्छ
वासिङटन डिसी : अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी संसद्मा संवोधन गर्दै पश्चिमी राज्य युक्रेनको सहयोगमा एकजुट भएर उभिएको बताएका छन्।
तानाशाहले आफ्नो हमलाको मूल्य नचुकाएसम्म अझै अराजक हुँदै जाने इतिहासले देखाएको उनले बताए।
'हामी अहिलेको अवस्था सुध्रिंदै गएको देख्नेछौं। युक्रेनविरुद्ध पुटिनको युद्धले रूसलाई अझ कमजोर बनाउने र विश्वलाई बलियो बनाउनेछ', उनले भने, ‘छ दिनअघि रुसका भ्लादिमिर पुटिनले स्वतन्त्र संसारको जग हल्लाउन चाहेका थिए । उनले आफ्नो भयानक तरिका प्रयोग गरेर संसारलाई झुकाउन सकिन्छ भन्ने सोचे। यो उनको गलत आकलन हो।'
बाइडेनले आफ्ना युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्की र युक्रेनी नागरिकहरूको प्रशंसा गरे। युक्रेनीलाई निडर, बहादुरको संज्ञा दिंदै उनले भने, 'उनीहरुले विश्वलाई प्रेरणा दिइरहेका छन्।'