खार्किभ कब्जा गर्न रुसी युद्ध सुरु : हवाई आक्रमण गर्दै

खार्किभ कब्जा गर्न रुसी युद्ध सुरु : हवाई आक्रमण गर्दै

किभ : युक्रेनी सेनाले रुसी प्याराट्रपर्स खार्किभमा अवतरण गरेको पुष्टि गरेको छ। खार्किभमा रुसी सेनाले घेरा हालेको छ।  युक्रेनी सेनाका अनुसार खार्किभ र आसपासका क्षेत्रमा हवाई आक्रमणको साइरन बजाएपछि हवाई आक्रमण सुरु भएको छ।

रुसी सेनाले क्षेत्रीय सैन्य अस्पतालमा आक्रमण गरेको छ। यस सहरमा अधिकांश नागरिक रुसी भाषा बोल्छन्। खार्किभमा अहिले युक्रेनको सबैभन्दा बढी हिंसा भएको छ।

मंगलबार सरकारी भवनमा मिसाइल आक्रमण भएको थियो जसमा कार र नजिकका भवनमा क्षति पुगेको थियो।  मंगलबार नै दोस्रो आक्रमण एउटा आवासीय भवनमा भएको थियो। 

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आक्रमणलाई युद्ध अपराध भनेका छन्।  मंगलबार खार्किभमा भएको आक्रमणमा एक भारतीय विद्यार्थीसहित १७ जनाको मृत्यु भएको थियो।

केही विश्लेषकहरूले रुसविरुद्धको लडाइमा युक्रेनीहरूलाई कमजोर बनाउन रुसले आवासीय क्षेत्रमा आक्रमण गरेको अनुमान गरेका छन्।  युक्रेनी सेनाले खार्किभ, सुमी र मारिउपोल सहरहरूमा रुसी आक्रमणको जवाफ दिइरहेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.