भूमि आयोग र सन्धिखर्क नगरपालिकाबीच सम्झौता
सन्धिखर्क : सन्धिखर्क नगरपालिकामा भएको भूमि सम्बन्धि समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगमा आयोग र नगरपालिका बिच सम्झौता भएको छ।
भूमिहिन तथा सुकुम्वासी र अब्यबस्थित बसोबासको समस्या समाधान गर्न सम्झौता गरिएको हो। कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, योजना शाखाका नारायण पोख्रेल, प्राविधिक हरि बोहरा लगायतको उपस्थिति रहेको थियो।