एनआरएनए साउदीद्वारा १ सय ५० पीडितलाई सहयोग

एनआरएनए साउदीद्वारा १ सय ५० पीडितलाई सहयोग

साउदी : एनआरएनए साउदीले बैदेशिक रोजगारको क्रममा साउदी आएर विभिन्न कारणले अलपत्र परेका १ सय ५० जनाभन्दा बढी नेपालीलाई एक महिनाको लागि खाधान्न सहयोग गरेको छ।

एनआरएनए साउदीका अनुसार कोरोना भाइरसलगायत विभिन्न कारणले अलपत्र परेका, रोजगार गुमेर स्वदेश फिर्ताका लागि समस्यामा रहेका १९ जनाको लागि हवाई टिकटको व्यवस्थासँगै ५ सय ३ जना नेपालीलाई निःशुल्क स्वास्थ्य शिविर तथा श्रमिक सचेतना कार्यक्रमद्वारा सहयोग गरिएको हो। 

यस्तै नेपाली श्रमिकहरुलाई पैरवी पहल, कानुनी परामर्शसहित साउदी अरेबियाका विभिन्न शहरहरुमा आउटेज क्यामपिङ एवम् पासपोर्ट सहजीकरणमा सहयोग गरेको छ। पीडित नेपालीको लागि स्थायी तथा अस्थायीरूपमा साउदीका विभिन्न शहरमा सेल्टर व्यवस्था, पीडित नेपालीको लागि यातायात व्यवस्थासमेत गरेको छ भने हाल अलपत्र परेका ३२ जना नेपालीलाई सेल्टरमा राखिएको छ।

हालसम्म साउदी एनआरएनएमा २ हजार ९  सय ५८ पंजीकृत सदस्य रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.