व्याख्यात्मक घाेषणा न्यानो थाङ्नो हो, त्यो थाङ्नोमा अहिले साथीहरु सुत्नु भएको छ : झलनाथ खनाल

व्याख्यात्मक घाेषणा न्यानो थाङ्नो हो, त्यो थाङ्नोमा अहिले साथीहरु सुत्नु भएको छ :  झलनाथ खनाल

विराटनगर :  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले संसदभित्र सांसदहरुलाई राम्रो वातावरणमा छलफल गर्न नदिई जबरजस्ती एमसीसी पारित गरिएको बताए। उनले संसदीय प्रक्रिया मिचेर एमसीसी पास हुनु नेपालकै इतिहासमा दु:खद दिन भएको दावी गरे। उनले भने–‘जस्तो प्रक्रियामा भयो त्यो नेपालको इतिहासमै दुःखद कुरा हो, लज्जाजनक कुरा हो। उनले भने, ‘व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नो बाहेक केहि पनि होइन, नेपालका नेताहरु आनन्दपूर्वक सुत्नु भनेर बनाइएको न्यानो थाङ्नो हो, त्यो थाङ्नोमा अहिले साथीहरु सुत्नु भएको छ।’

खनालले एमसीसीसंगै पारित गरिएको व्याख्यात्मक घोषणालाई ‘कथित घोषणा’भन्दै आलोचना गरे। घोषणा प्रस्ताव नै भएको खण्डमा पनि संसदमा दुवैलाई अलग–अलगरुपमा पास गर्नुपर्ने जिकिर गरे। एसमसीसी अनुमोदन भएपनि अब मुलुकभित्र त्यसले नयाँ परिणामहरु समस्याका रुपमा जन्माउदै जाने दाबी गरे।

नेता खनालले समाज, राजनीतिक पार्टी, संसद सवै विभाजित भएकोले एमसीसीका कारण नेपालको भाग्य भविष्यमाथि दुरगामी असर पर्ने बताए। उनले उक्त व्याख्यात्मक टिप्पणीको कुनैपनि कानुनी आधार नरहेको बताए। उनले भने, ‘हामीले त मान्ने कुरै छैन, सुरुदेखि भनिरहेका छौं, अनेकन राष्ट्रघाती कुराहरु छन्, एउटा सिन्को जति पनि सम्झौता सच्चिएको छैन।’

उनलाई आफ्नै पार्टीले एमसीसी पारित गर्न समर्थन गरेको विषय प्रश्न गर्दा पार्टीभित्र विरोध पनि भइरहेको बताए। साथै सदनभित्र प्रक्रिया समेत नपुर्याई एमसीसीलाई अघि बढाइएको नेता खनालले बताए।  

खनालले एससीसी पास गर्नका लागि गठबन्धन नबनेको बताए। तर एमसीसीको कारणले गठबन्धन टुट्नुपर्छ भन्ने पनि आफ्नो धारणा रहेको प्रष्ट पारे।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.